७ कार्तिक २०८३, शनिबार

१२१ औँ माओ दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mao-zedongकाठमाडौं, ११ पुस । आज माओत्सेतुङको १२१औँ जन्म दिन । चीनको हुनान प्रान्तको साओसानमा आजकै मितिमा अर्थात सन् १८९३ डिसेम्वर २६ मा माओत्सेतुङको जन्म भएको थियो ।

माओ चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापकमध्ये एक हुन् । उनले चीनको विश्व चर्चित लम्वे अभियान, जापान विरोधी युद्घ (१९३७–४५) र मुक्ति युद्घ (सन् १९४६–४९) का नेता एवम् नयाँ जनवादी चीनका समेत संस्थापक हुन् ।

संसारभरिका राष्ट्रिय मुक्ति आन्दोलनका प्रेरणाका अग्रज स्रोत मानिन्छन् ।

यसै अवसरमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विज्ञप्ति निकालेर उनलाई सम्झिएका छन् । ‘उहाँको जन्म दिनलाई उत्सवको रुपमा मनाइरहेका संसार भरका श्रमजीवी जनसमुदायमा एकीकृत माओवादी न्यानो अभिवादन गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘माओले दर्शनको क्षेत्रमा विकास गर्नुभएको एकता–संर्घष, रुपान्तरणको नियम, दुई एकमा संयोजन होइन, एक दुईमा विभाजन हुन्छ भनि उक्त नियमको विस्तार, अर्थशास्त्रको क्षेत्रमा ‘राजनितिलाई पक्र, उत्पादन बढाऊ !’

दीर्घकालीन जनयुद्घको रणनीति, नयाँ जनवादी राज्य व्यवस्थाको मोडल र सर्वहारा अधिनायकत्वअन्र्तगत निरन्तर क्रान्तिको सिद्घान्त आदि माक्सवाद–लेलिनवादको विकासमा माओत्सेको सार्वभौम योगदान छ ।

त्यसैले आज संसारभरिका माओवादी क्रान्तिकारीहरुले मालेमावादलाई आफ्नो मार्गनिर्देशक सिद्घान्तको रुपमा अपनाउँदै आएका छन् ।

‘माओ जयन्तीको अवसरमा संसारभरका क्रान्तिकारीहरुलाई वित्तिय पूँजीको भूमण्डलीकरण र साम्राज्यवादको नवउदारवादी आर्थिक नीतिको प्रभाव, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको गम्भीर समीक्षा, अनुसन्धान र वहसमा जुट्न आव्हान गर्नु आफ्नो कर्तव्य ठान्दछां’, दाहालले भनेका छन् ।