गौशाला, ११ पुस । कठ्याङ्ग्रिदो जाडोबाट बिहीबार महोत्तरीको लक्ष्मिनियामा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लक्ष्मिनिया–९ का ४२ वर्षीया पूर्णीदेवी सदा रहेको स्थानीय सन्तोष सिंहले बताउनुभयो ।
सदासहित अहिलेसम्म चिसोका कारण जिल्लाको मनरा, जलेश्वर नगरपालिका, सिस्वाकटैयामा गरी चारजनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।















प्रतिक्रिया