१ कार्तिक २०८३, शनिबार

भारतले सिमानामा सुरक्षा बढाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian SSBकाठमाडौं, ११ पुस । भारतले नेपाल–भारत एक हजार आठ सय ५० किलोमिटर लामो सीमामा सशस्त्र सीमा बल एसएसबीको संख्या बढाउने भएको छ ।

‘आतंकवादी गतिविधि निर्मुल गर्ने’ भन्दै भारतले नेपालसँगको सीमामा सुरक्षा बलियो पार्न लागेको भारतीय स्रोतले जनाएको छ ।

नयाँदिल्लीले नेपाल–भारत सीमामा रहेका सशस्त्र सीमा बलको संख्या तत्काल वृद्दि गर्ने तथा गुप्तचर विभागलाई समेत सीमामा अझ व्यापक बनाउने स्रोतले जनाएको छ ।

‘आतंकवादी भारत प्रवेश गर्न नेपालको सीमा प्रयोग गर्नसक्ने सम्भावना’ लाई नियन्त्रण गर्न एसएसवीको संख्या बढाउन लागिएको स्रोतको दाबी गरेको  समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

आइएसको गतिबिधिमाथी निगरानी बढाउन भारतले नेपाल सीमामा फौज बढाउन लागेको हो ।

भारतीय गृह मन्त्रालयले एसएसबीको गुप्तचर विभागको क्षमता नेपाल९भारत सीमामा दोब्बर पार्नेसमेत स्रोतले जनाएको छ।

नयाँदिल्लीस्थित नेपाली दूतावासले सीमा क्षेत्रमा भइरहेका आतंकवादी गतिविधिका कारण भारतले एसएसबीको संख्या बढाउन लागेको हुनसक्ने उल्लेख गरेको छ।

भारतीय परराष्ट्र मन्त्रालयले भने नेपाल-भारत सीमामा सुरक्षा बढाउने कुनै तत्कालीन रणनीति नभएको जनाएको छ। यस्तो कुनै निर्णय भएको छैन मन्त्रालय स्रोतले भन्यो।

उसले यसबारे गृह मन्त्रालयले काम गरिरहेको हुनसक्ने भने अस्वीकार गरेन।

गृह मन्त्रालयले काम गरिरहेको उक्त प्रस्तावअनुसार एसएसबीले नेपालसँगको सीमामा कम खतरापूर्ण हतियार प्रयोगमा ल्याउने तयारीसमेत गरेको छ।

यसअघि भारतले भुटानसँगको सीमामा पनि उत्तरपूर्वी क्षेत्रका आतंकवादी गतिविधिलाई निगरानीमा राख्न सुरक्षा बलियो बनाएको थियो।