३ कार्तिक २०८३, मंगलबार

पहिलोपटक नेपालीको प्रतिव्यक्ति आय एक लाख पुग्यो

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १२ बैशाख । नेपालीको प्रतिव्यक्ति आय एक हजार डलर नाघेको छ । पहिलो पटक नेपालीको ‘पर क्याप्टा इन्कम’ डलरमा फोर डिजिट भएर १ लाख रूपैयाँ माथि पुगेको हो ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार नेपालीको प्रतिव्यक्ति आय १ हजार ४ डलरमा पुगेको छ । आजको डलरको मूल्यअनुसार यो १ लाख ६ हजार ३ सय ३३ रुपैयाँ बराबर हुन आउँछ ।

गर्तावर्ष १ सय ५ डलरले बढेको नेपालीको प्रतिव्यक्ति आय ८६६ डलरमा पुगेको थियो । यो वर्ष भने नेपालीका प्रतिव्यक्ति आय यो वर्ष थप सुधार हुँदै १३८ डलरले प्रतिव्यक्ति आम्दानी वृद्धि भएको छ ।