
-मीनबहादुर पण्डित
नेपाली जनता धर्म कर्म मान्न नपरोस भनेर कम्युनिष्ट बनेका होइनन । कांग्रेस र अरु पार्टीले भन्दा कम्युनिष्टहरूले देश विकास राम्रो गर्छन कि भनेर मात्र कम्युनिष्ट बनेका हुन । अनि कम्युनिष्टहरूलाई भोट हालेका हुन । त्यसैले नेपाली जनतालाई मार्क्सवाद लेनिनवाद, वा मावोवबाद बुझेका नेता चाहिएको होइन, नेपाली जनतालाई त देश विकास गर्ने तरिका बुझेको नेता चाहिएको छ ।
क्रान्त्रिले शान्ति र विकास ल्याउनु पर्नेमा झन् विकृति, विसंगति र अस्तव्यस्तता मात्र ल्यायो । किनकि क्रन्तिको ज्वालालाई सहि तरिकाले व्यवस्थापन गर्न सकिएन । यहाँ क्रान्ति गर्नेहरुले नै क्रान्तिको परिभाषा बुझेनन् ।
संसारको सृष्टि कहिले र कुन अदृष्य शक्तिले गर्यो त्यो आज सम्म कुनै पनि वैज्ञानिकहरुले पत्ता लगाउन सकेका छैनन् । किनकी, संसारका कुनै पनि वैज्ञानिकले एक चिम्टी माटो बनाउन सकदैनन, फेरि कहाँबाट आयो यत्रो ढुङ्गा, माटो, पानी अनि हावा ? (कुनै पनि बैज्ञानिकहरुले नयाँ पदार्थको र्सिजना गर्न सक्दैनन् । बैज्ञानिकहरुले त केवल पृथ्वीमा भएको पदार्थ प्रयोग गरेर स्वरुप, आकार र विशेषता बदलिएको नयाँ पदार्थ र्सिजना गर्न मात्र सक्छन् ) कुरा यत्ति हो संसारको उत्पती बारेमा हरेक धर्ममा आ–आफ्नै तर्क छ, अनि बिज्ञानको पनि आफ्नै तर्क छ । कसैले धर्मको तर्कलाइ विश्वास गर्छन, त कसैले बिज्ञानको तर्कलाई । यदि विश्व प्रशिद्ध बैज्ञानिकहरु नै धर्म मान्छन भने विश्व प्रशिद्ध बैज्ञानिक ठूला कि एउटा कम्युनिष्ट नेता ठूलो ? त्यसैले यदि प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म र भगवान छैनन् भनेका हुन भने त्यसले नेपाली जनताको भावनामा ठेस पुग्दछ, हुन सक्छ प्रधानमन्त्रीले कुनै सन्दर्भमा त्यसो भन्नु भएको होला, तर प्रमले भनेका कुरालाई तोडमोड गरेर प्रस्तुत गर्नु, गलत अर्थ लगाउनु र बढाइ चढाई गरेर प्रस्तुत गर्नु ठीक होइन ।
संसारमा धर्मको इतिहास धेरै लामो र व्यापक छ । त्यसैले धर्मलाई विकाससँग जोडेर हेरिनु ठीक हुँदैन । देश विकास गर्न नास्तिक बनिरहनु आवश्यक छैन । अनि क्रान्तिकारी देखिन नास्तिक होइन परिवर्तन र विकास गर्नुपर्दछ । किनकि, क्रान्ति भनेकै परिवर्तन र विकास हो । नेपालमा क्रान्ति सुरु भएको करिब दुई दशक भयो, तर खै त विकास ? क्रान्त्रिले शान्ति र विकास ल्याउनु पर्नेमा झन् विकृति, विसंगति र अस्तव्यस्तता मात्र ल्यायो । किनकि क्रन्तिको ज्वालालाई सहि तरिकाले व्यवस्थापन गर्न सकिएन । यहाँ क्रान्ति गर्नेहरुले नै क्रान्तिको परिभाषा बुझेनन् ।
जसले गर्दा ६० करोड भारतीय हिन्दुहरुलाई नेपालमा आकर्षित गर्न सकियोस् । अनि १८ करोड चिनिया बुद्धिस्ट र अरु संसार भरका बुद्धिस्टहरुलाई आकर्षित गर्न सकियोस् । धार्मिक पर्यटनका लागि साउदीको मक्का मदिना भन्दा पनि नेपालको धेरै सम्भावना छ । जसले नेपालको पर्यटन क्षेत्रमा ठूलो क्रान्ति नै ल्याउन सक्छ ।
अर्को कुरा संसारमा आस्तिक देशहरू पनि धनी भएका छन । धर्म पनि एउटा विश्वास हो, आस्था हो, पुर्खाको चलन हो, अनि परम्परा हो । त्यो बेला त्यहि ठीक थियो होला, त्यसैले त्यस्तै किसिमले पुर्खाले धर्म माने, अहिले जे ठीक छ त्यस्तै किसिमले धर्म मानौँ । किनकी त्यो बेला औपचारिक शिक्षा थिएन, अतः त्यो बेला धर्मले नै शिक्षाको काम गर्दथ्यो । मानव धर्म भनेको त समाज सेवा हो । परम्परा कायम राख्नु पनि धर्म हो । देशको धर्म संस्कृति बचाउनु पनि धर्म नै हो । यदि कसैले धर्म मान्दिन भन्छ भने त्यसलाई नेपाली समाजले विश्वास गर्दैनन् । के नेपाल धर्म मानेर गरिब भएको हो र ? धर्म भनेको त परापूर्व कालदेखि मान्छेलाई सत्कर्ममा डोर्याउने माध्यम थियो । तर, अहिले धर्म मान्नेहरू र नमान्नेहरू सबै स्वार्थी भए । त्यसैले सत्कर्म भन्दा दुश्कर्म धेरै भयो । गरिब र निमुखाहरूको भलाई गर्नु नै मानव धर्म हो ।

हाम्रो धर्मको तात्पर्य पनि त्यहि हो, त धर्मले के गलत गर्यो ? हुन त धर्म मान्ने कि नमान्ने व्यक्तिको आफ्नो विचार र अधिकार होला, तर धार्मिक भावनामा चोट पुग्ने र धर्म नै मासिने किसिमका अभिव्यक्ति दिनु भनेको पक्कै पनि जायज होइन । लुम्बिनी, पशुपतिनाथ, कृष्ण मन्दिर, रामजानकी मन्दिर, मुक्तिनाथ, वौद्ध, स्वयम्भु आदि सयौँ मठ मन्दिर र गुम्बा भएको हाम्रो जस्तो धार्मिक पर्यटनको अपार सम्भावना भएको देशले त झन् धर्म र संस्कृतिलाई बचाउन अभियान नै चलाउनु पर्दछ । जसले गर्दा ६० करोड भारतीय हिन्दुहरुलाई नेपालमा आकर्षित गर्न सकियोस् । अनि १८ करोड चिनिया बुद्धिस्ट र अरु संसार भरका बुद्धिस्टहरुलाई आकर्षित गर्न सकियोस् । धार्मिक पर्यटनका लागि साउदीको मक्का मदिना भन्दा पनि नेपालको धेरै सम्भावना छ । जसले नेपालको पर्यटन क्षेत्रमा ठूलो क्रान्ति नै ल्याउन सक्छ । खै यतातिर बुद्धिजीवी, नेता र सरकारले ध्यान दिएको ?
मदन भण्डारीले कहिले पनि भनेनन् कि कम्युनिष्टहरूटले धर्म मान्नै हुँदैन भनेर । बरु कम्युनिष्टमा भएको राम्रो बिचार प्रयोग गर्ने, र नराम्रो बिचार परिमार्जन गर्नुपर्छ भन्थे । अनि धर्मको पनि राम्रो कुरा मान्ने र नराम्रोलाई परिमार्जन गर्नुपर्छ भन्थे । गायत्री मन्त्र कण्ठ भएका मदन भण्डारी आस्तिक नै थिए भन्न सकिन्छ, तर अहिलेका नेता त नास्तिक नभई कम्युनिष्ट नै भइदैन जस्तो पो गर्छन् । जस्तो कि माधव नेपाल र प्रचण्डले बाउको किरिया समेत गरेनन् । धर्म मान्न हुँदैन भन्ने बाबुराम भट्टराईले समेत आफ्नो बुवाको ८४ बर्ष कटाएपछि गरिने कुनै धार्मिक विधिको पुजा गरेका थिए । जनयुद्ध कालमा धर्म मान्नु हुँदैन भन्ने प्रचण्ड पनि विभिन्न धार्मिक कार्यक्रममा सहभागी भएको हामीले देखेकै छौँ । त्यसैले विरोधाभाषपूर्ण तर्क गरि रहदा जनतामाझ हाँसोको पात्र हुन सक्ने कुरामा भने नेतृत्व वर्गले होसियार हुनुपर्दछ । साथै जन भावनामा ठेस पुग्ला भनेर पनि सतर्क हुनु पर्दछ ।
पुर्खाले छोडेको सम्पति चाहीँ लिने, अनि पुर्खाले छोडेका धर्म संस्कृति नलिने ? चीनमा पनि कम्युनिष्ट व्यवस्था छ, तर धर्म त चीनमा पनि मानिन्छ । कम्युनिष्ट व्यवस्था भएको उत्तर कोरिया बुद्धिस्ट राष्ट्र होइन र?
धर्म भनेको हाम्रो इतिहास पनि हो, त्यसैले इतिहास मासेर वर्तमान पूर्ण हुँदैन । धर्म र संस्कृति अलग कुरा होलान, तर धर्म र संस्कृतिको सम्बन्ध नङ र मासुको जस्तै छ । त्यसैले धर्म मासिदा संस्कृति पनि मासिन सक्छ । संस्कृति मासिदा विदेशी संस्कृतिले ठाउँ पाउन सक्छ, किनकि धर्म र संस्कृति भनेको त हरेक देशका विशेषता हुन् अनि पुर्खाले छोडेर गएका चिनो हुन् । पुर्खाले छोडेको सम्पति चाहीँ लिने, अनि पुर्खाले छोडेका धर्म संस्कृति नलिने ? चीनमा पनि कम्युनिष्ट व्यवस्था छ, तर धर्म त चीनमा पनि मानिन्छ । कम्युनिष्ट व्यवस्था भएको उत्तर कोरिया बुद्धिस्ट राष्ट्र होइन र? त्यसैगरि कम्युनिष्ट बिचारधारा बोक्ने नेपाल र भारतका धेरै नेताहरु धर्म मान्दछन् । यदि धर्म नमान्ने हो भने सिताराम यचुरी, बाबुराम भट्टराई आदि कम्युनिष्ट नेताले आफ्नो नाम किन भगवानको नाममा राख्नू ?
भनिन्छ कर्म नै धर्म हो, त्यसैले समाजमा सबैको आ–आफ्नो धर्म हुन्छ । डाक्टरको आफ्नै धर्म छ, प्रहरी र सेनाको आफ्नै धर्म छ, राष्ट्रसेवक कर्मचारीको आफ्नै धर्म छ, शिक्षकको आफ्नै धर्म छ, राजनीति गर्नेको आफ्नै धर्म छ । उद्योगी र व्यापारीको पनि आफ्नै धर्म छ । समग्रमा भन्नु पर्दा अरुलाई नठग्नु नै धर्म हो, आफ्नो कर्तव्य पूरा गर्नु नै धर्म हो । सेवा गरेर केहि फाइदा लिएर पेट पाल्नु अधर्म होइन, तर अरुलाई अन्याय हुने गरी ठग्नु वा फाइदा लिनु भने अधर्म हो । त्यसैले यदि सबैले आ–आफ्नो धर्म सहि तरिकाले निभाइ दिएको भए सयद आज ६० लाख युवा विदेशिनु पर्ने थिएन, अनि नेपाल अविकसित र गरिब हुने थिएन । त्यसकारण धर्म र कर्म भित्र आफ्नो मात्र स्वार्थ लुक्यो भने त्यो कहिले पनि सफल हुन सक्दैन । अनि त्यसले समाजलाई फाइदा होइन हानी गर्नेछ । बरु मानव सेवा र सत्कर्मबाट पाइने आनन्द र आत्मसन्तुष्टी अरु कहिँबाट पनि पाइदैन ।
देश बनाउने सिद्धान्तका लागि त मदन भण्डारीले प्रतिपादन गरेको जबजको १५ बुँदाहरु नै काफी छ । मदन भण्डारीको चर्चित भाषणहरुमा विभिन्न धार्मिक उदाहरणहरु दिएको पाइन्छ, यदि धर्म कर्म नमान्ने भए पक्कै पनि धार्मिक उदाहरण दिने थिएनन् । त्यस कारण नेता ज्यूहरु कार्ल मार्क्स, लेनिन, माओ आदि विदेशी नेताको सिद्धान्त बुझ्नेले उनीहरुको देशमा भएका विकास चाहीँ बुझ्नु पर्दैन ?
त्यसैले कम्युनिष्टहरुको बिचार कुहिरोमा हराएको काग जस्तो नबनोस । धर्म र संस्कृतिलाइ कायम राख्दै पनि देश विकास गर्न सकिन्छ, जस्तो कि अरब देशहरुले गरिरहेका छन् । जात पात, थिचो मिचो, सानो ठूलो, बलि दिने चलन र केहि रुढीवादी कुराहरुलाई आजको समय अनुसार परिमार्जन गर्दै धर्मको रक्षा गर्नु पर्दछ । धर्ममा पनि राम्रा नराम्रा कुराहरु छन् । कम्युनिष्ट बिचार धारामा पनि राम्रा नराम्रा कुराहरु छन् । अनि विज्ञानमा पनि राम्रा नराम्रा कुराहरु छन । हामीले त राम्रो नराम्रो छुट्याएर तीनको प्रयोग उचित तरिकाले गर्न जान्नु पर्दछ/सक्नुपर्दछ । जस्तो कि बम र विष्पोटक पदार्थ नराम्रो कुरा हो, उग्रवादीहरुले यसको गलत प्रयोग गर्नाले यसले आज सयौँ मान्छेको ज्यान लिइरहेको छ । तर, पहाड फोडेर बाटो बनाउन, सुरुङ्ग बनाउन बिष्पोटक पदार्थ नभइ हुन्न । त्यसो त घरमै भएका कामकाजी औजार छुरी, बन्चरो, खुकुरी आदि पनि गलत प्रयोग भए मान्छे मारिन्छन । त्यसैले दोष हतियारको वा सिद्धान्तको होइन, त्यसलाई प्रयोग गर्नेको हो । त्यसकारण सिद्धान्त वा विचार गलत नभएपनि त्यसलाई गलत व्यक्तिले वा गलत उद्देश्यले प्रयोग गर्दा त्यसले समाजलाई ठूलो हानी नोक्सानी गर्नसक्छ ।
हामीले बुझ्नु पर्ने कुरा के हो भने देश बनाउन विदेशीवाद होइन विदेशी पुँजी र प्रविधि प्रयोग गर्नुपर्छ, त्यो पनि नेपाली पुँजी प्रविधि अपुग भएमा मात्र । देश बनाउने सिद्धान्तका लागि त मदन भण्डारीले प्रतिपादन गरेको जबजको १५ बुँदाहरु नै काफी छ । मदन भण्डारीको चर्चित भाषणहरुमा विभिन्न धार्मिक उदाहरणहरु दिएको पाइन्छ, यदि धर्म कर्म नमान्ने भए पक्कै पनि धार्मिक उदाहरण दिने थिएनन् । त्यस कारण नेता ज्यूहरु कार्ल मार्क्स, लेनिन, माओ आदि विदेशी नेताको सिद्धान्त बुझ्नेले उनीहरुको देशमा भएका विकास चाहीँ बुझ्नु पर्दैन ? उनीहरुले देश विकास गर्न र जनतालाई अधिकार सम्पन्न बनाउन कम्युनिष्ट सिद्धान्तको प्रतिपादन गरेका थिए, कम्युनिष्ट सिद्धान्तको प्रतिपादन विदेशमा निर्यात गर्न गरेका थिएनन, त्यसैले उनीहरुले प्रतिपादन गरेको सिद्धान्त कण्ठ गर्नुको सट्टा, ती सिद्धान्त किन बनेका रहेछन, र त्यसले कस्तो प्रभाव पारेको रहेछ भनेर नेपालका कम्युनिष्ट बढ्ता बुझ्न जरुरी छ । विदेशी कम्युनिष्ट बिचार चाहिँ कण्ठ छ । तर, कसरी देश विकास गर्ने, कसरी राम्रो पिच बनाउने, कसरी देश समृद्ध बनाउने, देशमा रोजगारी कसरी सृजना गर्ने आदि केहि थाहा नभएपछि विदेशीवादमा विध्यावारिधी गरे पनि त्यसको के अर्थ ? जसरी स्वदेशी उत्पादन प्रयोग नगरी देश धनि हुन सक्दैन, त्यसैगरी स्वदेशी बिचार र सिद्धान्त प्रयोग नगरी देश विकसित र धनि हुन सक्दैन । त्यसैले जबजको १५ बुदामा ध्यान दिन बिनम्र अनुरोध छ ।
लेनिन दिवसमा लेनिनको फोटो नहुँदा कार्यक्रममा बबाल गर्ने कार्यकर्ताहरुलाइ मार्क्सवाद र लेनिनवादको बारेमा कस्तो स्कुलिङ्ग गर्नु भएको रहेछ, त्यो लेनिन दिवसका दिन प्रस्ट देखियो ।
यदि, मावोवाद, मार्क्सवाद र लेनिनवाद नै सर्वाेपरि र सर्वमान्य भएको भए मदन भण्डारीले जबज बनाउने थिएनन् । कम्युनिष्ट बिचारधारा पेट्रोल इन्जिन वा डिजेल इन्जिन जस्तो नबनोस् । किन भने आजलाई पेट्रोल र डिजेल इन्जिन ठिक भए पनि भोलिका दिनमा त्यसलाई इलेक्ट्रिक इन्जिन वा सोलार इन्जिनले विस्थापित गर्न सक्छ । त्यसैले बिचार पनि समय अनुकुल परिमार्जिन गरिनु पर्दछ । त्यसो हुँदा अब मावोवाद, मार्क्सवाद र लेनिनवादको ठाउा जबजले लिनुपर्दछ । एमालेले पनि जबजलाई चुनावी नारा मात्र बनायो, तर, त्यसलाई देश विकासमा प्रयोग गर्न सकेन । मार्क्स र लेनिनको बिचारधारा मान्ने नेपालका अरु कम्युनिष्ट पार्टीहरुले पनि मदन भण्डारीको बिचारधारा चाहीँ किन नमान्ने ? आफूलाई ठूलो र महाज्ञानी देखाउन विदेशी बिचारधारा बोकेको हो ? विदेशीको बिचार बोक्नु भनेको त विदेशीको भारी बोक्नु जस्तै हो ।
लेनिन दिवसमा लेनिनको फोटो नहुँदा कार्यक्रममा बबाल गर्ने कार्यकर्ताहरुलाइ मार्क्सवाद र लेनिनवादको बारेमा कस्तो स्कुलिङ्ग गर्नु भएको रहेछ, त्यो लेनिन दिवसका दिन प्रस्ट देखियो । नेपालमा जन्मिएका बुद्धको ज्ञान पनि संसार प्रसिद्ध छ । नेपालमा जन्मिएका उदित नारायणको स्वर पनि सारा भारत र सारा विश्वले मन पराउँछन । म त भन्छु जसरी संगीतको दुनियाँमा उदित नारायणले भारत हल्लाएर १५ बर्ष सम्म नम्बर वान गायक बने, त्यसै गरी मदन भण्डारी भएका भए राजनीतिको दुनियाँमा संसार हल्लाउने थिए ।
यदि मदन भण्डारीमा त्यो क्षमता नदेखेको भए पक्कै पनि अमेरिकी पत्रिका न्युज वीकले ‘इन नेपाल कार्ल मार्क्स लाइव’ अर्थात नेपालमा काल मार्क्स जिउदो छन् भनेर लेख्ने थिएन ।
यदि मदन भण्डारीमा त्यो क्षमता नदेखेको भए पक्कै पनि अमेरिकी पत्रिका न्युज वीकले ‘इन नेपाल कार्ल मार्क्स लाइव’ अर्थात नेपालमा काल मार्क्स जिउदो छन् भनेर लेख्ने थिएन । त्यसैले जसले मदन भण्डारीको हत्या गरायो, त्यहि नै जिम्मेवार छ नेपाल गरिब, अशान्त र अविकसित हुनुमा । किन भने मदन भण्डारीको अवसान पछि धेरै बर्ष नेपाली राजनीति अस्तिरता र द्वन्द्वको भूमरीमा फस्न पुग्यो । मदन भण्डारी जस्तो सुझबुझ भएको, भिजन भएको, निडर र इमान्दार नेता देशले फेरि पाउन सकेन । कम्युनिष्टहरुको व्यवहार कस्तो हुनु पर्दछ, भाषा धर्म र संस्कृतिको परिभाषा के हो र यसलाई कसरी बचाउन र व्यवस्थापन गर्नु पर्दछ ।
नेपालको स्वाभिमान कसरी उच्च राख्न सकिन्छ ? नेपालीलाई कसरी धनि र अधिकार सम्पन्न बनाउन सकिन्छ ? त्यो कुरा मदन भण्डारीले राम्ररी बुझेका थिए । किनकी, मदन भण्डारी जनभावना अनुसार अगाडी बढ्ने दूरदर्शी र बौद्धिक नेता थिए । मदन भण्डारी वास्तवमै जननेता थिए, तर जनप्रिय नेताको हत्याको अनुसन्धान नहुनु र यत्रो बर्ष बित्दा समेत सत्य तथ्य बाहिर आउन नसक्नु दुर्भाग्यपूर्ण कुरा हो । किनकी, उहाँका उत्तराधिकारीहरुले आफ्नो धर्म र कर्तव्य निभाउन सकेनन वा चाहेनन् । र, पनि भन्न सकिन्छ मदन भण्डारीको आधुनिक कम्युनिष्ट बिचारधारा र धर्मप्रति उत्तिकै सम्मान र विश्वास थियो ।
हेलम्बु गाउँपालिका सिन्धुपाल्चोक घर भएका पण्डित हाल दुवईमा छन् ।















प्रतिक्रिया