३ कार्तिक २०८३, मंगलबार

केन्द्रीय समितिमा गगन थापाको ५० पन्ने दस्तावेज-कांग्रेस जमेको पोखरी जस्तो भयो

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । जारी नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा युवा नेता गगन थापासहितको समूहले मंगलबार ५० पन्ने दस्तावेज पेस गर्दै महाधिवेशनको माग गरेको छ ।

महाधिवेशनका लागि कम्तिमा दुई वर्ष बाँकी रहेका कारण त्यसबेलासम्म कांग्रेसले ठूलो क्षति व्यहोर्नसक्ने खतरा औंल्याउँदै महासमिति बैठकले विधान संशोधन गरी महाधिवेशनको मिति तत्काल तोक्न माग गरिएको हो ।

सत्ताका कारण नेतृत्व सिथिल बनेको जनाइएको थापासहितका ६ जनाको समूहले संयुक्त रूपमा पेस गरेको दस्तावेजमा अहिले कांग्रेसको अवस्था ‘जमेको पोखरी जस्तो’ भएको उल्लेख छ ।

दस्ताबेजमा सभापति शेरबहादुर देउवालाई यथास्थितिवादी, सिथिल र सत्ताका लागि मरिहत्ते गर्ने नेतृत्व भनेर व्यंग्य समेत गरिएको छ । महाधिवेशनले युवा नेतृत्वको आवश्यकता पूर्ति गर्नसक्ने दस्तावेजमा उल्लेख छ ।

‘जनादेश र मतादेशलाई बुझ्ने हो भने अहिलेको नेतृत्वलाई निरन्तरता दिनु हुँदैन, महाधिवेशनमा जानै पर्छ’, थापालगायतको दस्तावेजमा उल्लेख छ ।

सभापति देउवालाई असहज परिस्थिति उत्पन्न गराउने भन्दा सहजताका साथ नेतृत्व हस्तान्तरण गर्नका लागि भनिएको छ ।