७ कार्तिक २०८३, शनिबार

ओली र प्रचण्डबीचको असमझदारी हटाउन प्रधानमन्त्री सक्रिय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koirala12काठमाडौँ, १० पुस । दलहरुबीचको दुरी कम गर्ने भन्दै प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो सक्रियता बढाउनु भएको छ ।

उहाँले पछिल्लो समय मुख्य गरेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीचको बाकयुद्ध सतहमै आउन थालेपछि सक्रियता बढाउनु भएको हो ।

संविधान निर्माण प्रक्रियामा प्रमुख दलका शीर्ष नेताहरुबीच असमझदारी बढेपछि समस्या आउने भन्दै यो पहल थाल्नु भएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ ।

यही क्रममा उहाँले बिहीबार एमाओवादीका अध्यक्ष प्रचण्डसँग विश्वासको वातावरण बनाउने सन्दर्भमा प्रधानमन्त्री निवासमा भेटवार्ता गर्नुभयो ।

भेटपछि अध्यक्ष प्रचण्डले विश्वासको वातावरण बनाउन एक पक्षीय र दुई पक्षीय भेटवार्ता गर्ने बारे प्रधानमन्त्रीसँग छलफल भएको बताउनुभयो ।

प्रधानमन्त्रीले बिहीबार नै अध्यक्ष केपी शर्मा ओली, मधेसी मोर्चाका नेतासँग अलगअलग छलफल गरेपछि संविधानका विवादित विषयमा आज साँझ चार दलसँग बैठक हुनेछ ।