२९ आश्विन २०८३, बिहिबार

कतारमा भोजपुरेहरुको प्रथम साधारणसभा तथा बनभोज कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

quatar-logoदिलिप पराजुली
कतार । विगत डेढ वर्षदेखि कतारमा पुनः सक्रियता देखाएको भोजपुर सेवा समाजले प्रथम साधारणसभा तथा बनभोजको तयारी गरेको छ ।

०९ जनवरी २०१४ का दिन सहानियास्थित अलदोसरी गार्डेनभित्र आयोजना गरिने सो कार्यक्रमको तयारीमा भोजपुरेहरु जुटिरहेको बुझिएको छ ।

प्रथम साधारणसभा तथा बनभोजको मुख्य लक्ष्य भनेको धेरै भन्दा धेरै भोजपुरे साथीहरुलाई संस्थामा आवद्ध गराउने रहेकोले पहिलो प्राथमिकता सदस्यता बृद्धि रहेको छ ।

थोरै सदस्यबट सुरु गरिएको र यति नै सदस्य हुन्छन् भन्ने आँकलन गर्न नसकिएको कारणले अन्य संस्थाले आयोजना गर्दा राखेको शुल्क भन्दा अलि बढी अर्थात ७५ रियालमा संस्थागत सदस्यसमेत हुने गरी सदस्यता बिस्तारको काम अगाडि बढाईएको कार्यक्रम संयोजक खगेन्द्र कार्की बताउँछन् ।

संस्थालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा साथ, सहयोग र समर्थन गर्ने विभिन्न व्यक्तित्व, संघसंस्थाहरुलाई सम्मान गर्ने समेत कार्यक्रम तय भएको संयोजक कार्कीले बताए ।

डेढ वर्ष पहिला १२ जना भोजपुरेहरुबाट सुरु गरिएको भोजपुर सेवा समाजले ६ दर्जन बढी सदस्यहरुलाई संस्थामा भित्र्याई सकेको र यो प्रथम साधारण सभा तथा बनभोजको कार्यक्रम २०१५ बाट २०० को हाराहारी पुग्ने कार्कीको आँकलन रहेको छ ।

कार्कीले भने– नयाँ वर्षको शुभकामना, केही सांगीतिक प्रस्तुतिका साथमा रमाइला खेलकुदसमेतले भोजपुरेहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्दै प्रथम साधारण सभा भव्य, सभ्य र ऐतिहासिक हुने छ ।

यस संस्था स्थापना गरेर यहाँसम्म ल्याई पु¥याउने व्यक्तित्व खगेन्द्र कार्की नै यस कार्यक्रमको संयोजक रहनु भएकोले कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहज हुने र सोही अनुरुप भोजपुरे साथीहरु सो कार्यक्रममा उपस्थित हुनु हुने अपेक्षासहित सम्पूर्ण क्रियाशिल सदस्यहरु लागि परेको संस्थाका अध्यक्ष जयकुमार राईले खुलासा गरे ।