भक्तपुर, ९ पुस । उद्योग मन्त्री महेश बस्नेतले नेपालमा वर्षौदेखि रहँदै आएको धार्मिक सहिष्णुतालाई खल्बलिन दिन नहुने बताउनुभएको छ ।
क्रिस्मसका अवसरमा बुधबार ग्रेस टाइम्सले भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले धार्मिक सहिष्णुता नेपालको पहिचान भएकाले यसलाई कायम राख्नुपर्ने बताउनु भयो ।
नेपाललाई धर्मनिरपेक्ष मुलुक घोषणा गरिए पनि एक धर्मले अर्को धर्मको अपमान गर्ने, जबर्जस्ती धर्म परिवर्तन गराउने कार्य गर्न नहुने आँैल्याउँदै उहाँले यस्ता कार्यले धार्मिक द्वन्द्वको सिर्जना गर्ने बताउनुभयो ।
धार्मिक सहिष्णुता, एकता र अखण्डतालाई कायम राख्नुपर्ने बताउँदै उहाँले नयाँ संविधान निर्माणका क्रममा पनि धार्मिक मुद्दालाई नकारात्मक रुपमा उठाउनु नहुने उहाँले बताउनुभयो ।















प्रतिक्रिया