३ कार्तिक २०८३, मंगलबार

प्रचण्डसँग किन चिढिए ओली ?

8.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग रुष्ट बनेका छन् ।

पार्टी एकता प्रक्रिया लम्बिँदै जाँदा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच दूरी बढेको हो । यसअघि दिनहुँजसो भेटेर छलफल गर्ने दुई नेताबीच आजकल भेट पातलो हुन थालेको छ भने एकअर्काप्रति शंका पनि बढेको छ ।

अझ माओवादी अध्यक्ष प्रचण्डका पछिल्ला अभिव्यक्ति र गतिविधिका विषयमा ओलीलाई झनै रुष्ट बनाएको छ । प्रचण्डले आफ्नो माओवादीका नेताहरुसँग सरकारको कामकारबाहीबारे प्रश्नचिन्ह उठाएको भन्दै ओलीले यस्तो रुष्टता पोखेका हुन् । ओलीले आफू निकटका नेताहरुसँग प्रचण्डले सरकारप्रति सार्वजनिक र आफ्नो पार्टीको कार्यक्रममा गरेको टिप्पणीबारे गुनासो गरेको उच्चस्तरीय स्रोतले बतायो ।

ओलीले प्रचण्ड र माओवादी मन्त्रीहरुको व्यवहारका कारण मन्त्रालयमा राम्रो काम गर्ने वातावरण नबनेको गुनासो समेत पोख्न भ्याए । उनले भनेका थिए,‘यो त प्रधानमन्त्रीय प्रणाली हो, राम्रोसँग काम गर्न पाउनुपर्यो।’

प्रधानमन्त्री ओलीले कार्यकारी प्रधानमन्त्री भएका कारण प्रधानमन्त्रीय पद्दतिमा सरकारलाई हाँक्न खोजेका छन् । तर, प्रचण्डलाई यो कुरा चित्त बुझेको छैन् । माओवादी मन्त्रीहरुले पनि केही दिन अघि प्रचण्डलाई सामूहिक रुपमा भेटी प्रधानमन्त्रीको कार्यशैलीको आलोचना गरेका थिए ।