७ कार्तिक २०८३, शनिबार

चिसोका कारण फेरि एक महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौशाला, ९ पुस । चिसोको कारण मङ्गलबार महोत्तरीको सिस्वाकटैया गाविसमा थप एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिस्वाकटैया गाविस– ४ बस्ने ५५ वर्षीया जोहरा खातुन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महिला खातुनको मृत्युसँगै जाडोबाट यस वर्ष महोत्तरीमा मर्नेको सङ्ख्या तीन पुगेको छ । प्रहरीका अनुसार लगातारको चिसो छल्न पोसिलो खानाको जोहो हुन नसक्दा र न्यानो लुगाफाटाको अभावमा उनीहरूको कठ्याङ्ग्रिएर मृत्यु भएको हो ।