३ कार्तिक २०८३, मंगलबार

अवैध नेटवर्किङ व्यवसाय गरि ठग्ने सात जना पक्राउ

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ५ बैशाख । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले अवैध नेटवर्किङ व्यवसाय चलाएर ठग्ने सात जनालाई पक्राउ गरेको छ ।

विगत लामो समय देखी आईबोस ग्लोबल मार्केटिङ कम्पनीको नामबाट अनलाइन ब्यबसाय तथा बिभिन्न माध्यमबाट सर्वसधारणहरुलाई आईबोस को सदस्य बनाउने भनि नेटवर्किङ व्यवसायको नाममा गैरकानुनी तवरले सर्वसाधारण समेतलाई सदस्यता बापत ठूलो रकम लिई नेटवर्कमा आवद्ध गराई पिरामिड संरचनामा सदस्यहरुको ठगी भई रहेको भन्ने विशेष सूचनाको आधारमा उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीले काठमाडौँ महानगरपालिका–७ चुच्चेपाटी स्थित आईबोस ग्लोबल मार्केटिङ कम्पनीको केन्द्रिय कार्यालयबाट ६६ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक छानविनपछि उनीहरु मध्ये ७ जना सक्रिय व्यक्तिहरू उपर ठगी गरेको कसुरमा कानुन बमोजिम अनुसन्धान कारवाही अगाडी सिआइबीले जनाएको छ ।

पक्राउ पर्नेमा काभ्रे पाँचखाल–१५ घर भई हाल धुम्बाराही बस्ने राज कुमार दंगाल, जिल्ला ढोलखा लामिडाडाँ–५ घर भई हाल भक्तपुर बस्ने नारायण सिवाकोटी, रामेछाप प्रिति–९ बखाली घर भई हाल जोरपाटी बस्ने भक्तबहादुर नेपाली, रामेछाप उमाकुण्ड घर भई जोरपाटी बस्ने रविन नेपाली, सोलुखुम्बु घर भई चावहिल बस्ने प्रदिप राई, रामेछाप प्रिति–४ घर भई ललितपुर नखिपोट बस्ने तिर्सना सुनुवार र रामेछाप घर भई अहिले चावहिल बस्ने पूर्ण बहादुर श्रेष्ठ रहेका छन् ।