काठमाडौं, ९ पुस । थाइल्यान्डमा शुक्रबार अपहरणमा परेका तीन नेपाली विद्यार्थी पाँच दिनपछि मंगलबार मुक्त भएका छन्।
नेपाल प्रहरी र थाई प्रहरीको संयुक्त कारबाहीमा उनीहरू अपहरणमुक्त भएका हुन्।
अपहरणमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
अन्य सात अपहरणकारी फरार भएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
थाइल्यान्डको बैंककस्थित एक विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययन गरिरहेका रोनिश श्रेष्ठ, कर्ण हाछेथू र दिवस रिजाललाई अज्ञात समूहले गत शुक्रबार अपहरण गरेको थियो।
अपहरणको सूचना आएपछि कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी का एसपी पीताम्बर अधिकारी बैंकक गएका थिए।















प्रतिक्रिया