३ कार्तिक २०८३, मंगलबार

होटेल सोल्टीको क्यासिनोमा प्रहरीको छापा, हाइप्रोफाइल व्यक्तिहरू पक्राउ (नामसहित)

11.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । काठमाडौंको कालीमाटीस्थित होटल सोल्टीको क्यासिनोमा प्रहरीले छापा मारेको छ ।

क्यासिनो माजोङमा मंगलबार राति प्रहरीले छापा मारेको हो । नेपालीहरू समेत क्यासिनोमा रहेको भन्ने सूचनाका आधारमा प्रहरी माजोङमा छापा मारेको जनाएको छ ।

प्रहरीको छापामा क्यासिनो संचालक र मेनेजरसहित ८ जना नेपाली पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले मेनेजर विनोद श्रेष्ठ, सञ्चालक ओम आचार्य, विकल्प पोखरेल, शंकर पौडेल, तेन्जिक मेलेक, रञ्जित खड्का, अरुण सेढाई, साङगे पासाङ ठकुरीलाई पक्राउ गरेको परिसरका डिएसपी मोहनकुमार थापाले जानकारी दिएका छन् ।