२९ आश्विन २०८३, बिहिबार

श्रीमानको काँधमा श्रीमती चढ्न खोज्दा…

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन । श्रीमान्‌को काँधमा चढ्नु श्रीमतीका लागि रोमाञ्चक अनुभूति हुनसक्छ । तर, बेलायतकी एकजना महिलालाई श्रीमान्‌को काँधमा चढ्नु महँगो साबित भएको छ ।

गत साता बेलायतमा श्रीमतीलाई काँधमा बोकेर दौडिने प्रतियोगिता आयोजना भएको थियो । प्रतियोगितामा सहभागी हुने पुरुषले श्रीमतीलाई काँधमा राखेर झार उम्रिएको चिसो बाटोमा दगुर्नु पर्थ्यो । प्रतिस्पर्धामा क्रिस्टोफर बर्क र उनकी श्रीमती केटले भाग लिएका थिए ।

प्रतियोगिताको बीचमा केटलाई काँधमा लिएर दगुर्दै गर्दा क्रिस्टोफर चिप्लिएर लड्न पुगे ।

दुवैजना नमज्जासँग भुइँमा पछारिए । क्रिस्टोफर केटको टाउकोमाथि पछारिन पुगेका थिए । अहिले उनको उपचार भइरहेको छ । उनको घाँटीको लिगामेन्ट बिग्रिएको बताइएको छ ।

श्रीमती बोकेर दगुर्ने प्रतियोगिताको यो ११ औँ शृंखला हो । प्रतियोगितामा सहभागी प्रतिस्पर्धी घाइते भएको खबरले यसपालिको प्रतियोगिता खल्लो भएको छ । – एजेन्सी