७ कार्तिक २०८३, शनिबार

जादुगरी ढंगले माघ ८ मा नयाँ संविधान आउने सुर्यबहादुर पुत्रको भविष्यबाणी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunil-thapaसर्लाही, ८ पुस । वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल थापाले अन्तिम समयमा चमत्कारिक वा जादुगरी ढङ्गले निर्णय हुने परम्परा भएकाले नयाँ संविधान पनि माघ ८ गते नै जारी हुने विश्वास व्यक्त गर्नुभएको छ ।

मंगलबार सर्लाहीको हरिवनमा पत्रकारसँग कुरा गर्दै मन्त्री थापाले सरकार संविधान निर्माणका लागि वातावरण तयार पार्न प्रयत्नरत रहेको जानकारी दिनुभयो ।

‘नेपालमा कतिपय महत्वपूर्ण निर्णय चमत्कारिक एवम् जादुगरी ढङ्गले अन्तिम समयमा हुने गरेको छ’ मन्त्री थापाले भन्नुभयो, ‘नयाँ संविधानको विषयमा पनि चमत्कारिक ढङ्गले अन्तिम समयमा समाधान हुने विश्वासमा छु ।’

संविधान निर्माण सहमतिबाटै जारी गर्नका लागि प्रयास भइरहेको समेत उहाँले बताउनुभयो ।

नयाँ संविधान जारी गर्ने विषयमा मुख्य राजनीतिक दलका नेताहरुले पार्टीगत स्वार्थभन्दा मुलुक एवम् जनताको हितलाई मनन गर्नुपर्ने मन्त्री थापाको विचार थियो ।