२९ आश्विन २०८३, बिहिबार

यसरी सम्पन्न भयो खोटाङ–बाक्सिला स्वास्थ्य शिविर सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khotang.3रोशन मेवाहाङ्ग फोक्स्टन
बेलायत। नर्भिक अन्तर्राष्ट्रिय अस्पताल र मिसन टु हेल्प नेपाल नामक च्यारिटी संस्था सँगको सहकार्यमा युके बाक्सिला स्वास्थ्य शिविर भव्यरुपमा सफल भएको एनआरएन युकेका उपाध्यक्ष हिराधन राईले जानकारी दिनुभयो।

खोटाङ–बाक्सिलामा मंसिर१५ र१६गते दुई दिन संन्चालन गरिएको  उक्त शिविरमा १५ गाविसका एक हजार पचास जना विरामीले स्वास्थ्य सेवा लिएका थिए।

स्वास्थ्य चौकी भवन, बाक्सिलामा विहान ९ देखि साँझ ५बजेसम्म चलेको स्वास्थ्य शिविरमा पहिलो दिन बाक्सिला, दिप्सुंग, वादेल, ऐसेलुखर्क, सुङ्देल, राखा र माक्पा गाविस एवं दोस्रो दिन बास्पानी, खार्ताम्छा, फेदी, पाथेका, खार्मी, जाल्पा, सप्तेश्वर र दुवेमा सञ्चालन गराएको शिविरका संयोजक राईले जनाएका छन।

विशेषज्ञ चिकित्सकले हेरे लगत्तै जटिल विरामीहरु स्पाईनल ईन्जुरी, रुखबाट लडेर ढाड भाचेका, ६बर्षदेखि भुडीसुनिएको र हात भाचिएर तेतिकै गाउँमा बसेका बिरामीहरुलाई काठमाडौँ नर्भिक अस्पतालमा थप निशुल्क उपचारको लागि रेफर गरिएको थियो।

स्वास्थ्य शिबिरमा गाउघरबाट ७०प्रतिशत उपस्थ्ति रहेका बिरामीहरु मध्ये शिविरमा प्राय गरेर६० प्रतिशत आङ खसेका महिला विरामी जाचँ गर्न आएका थिए।khotang-2

विरामीको संख्यालाई आधारभुत र प्राथमिकता दिने हो भने नेपालका प्रत्येक बिकास क्षेत्रमा कम्तीमा एउटा हरेक सुविदायुक्त अस्पताल संन्चालन गर्न जरुरी देखिन्छ। गाउघरका बिरामीहरु उपचारको निम्ती काठमाडौँका विभिन्न अस्पताल पुग्न नपरोस।राइले भने ।

उक्त स्वास्थ्य शिविरका लागि नर्भिक हस्पिटलले औषधि र चिकित्सकहरु निशुल्क उपलव्ध गराएको थियो।चिकित्सक र औषधि नर्भिकले निशुल्क उपलव्ध गराए पनि चिकित्सकहरुको वास र खान पिन एवं औषधि लैजान हेलिकप्टर प्रयोग गर्नुपर्ने भएकाले रावखोला सेरोफेरो यूकेबाट छुटै टिम तयार भएका थिए।

khotangमेजरदिल कुमार राई, मेजर योगेश राई, टिमका महासचिव सप्तराज राई र एनआरएन युकेका उपाअध्यक्ष हिराधन राईले उक्त शिबिरको व्यवस्थापन गरेका थिए ।
खेटाङ बाक्सिला स्वास्थ्य शिविर२०१४ सफल पार्न संस्थाका अध्यक्ष मेजर दिलकुमार राई, उपाध्यक्ष मेजर योगेश राई, महासचिव सप्तराज राई र कार्यक्रम संयोजक एनआरएनयुकेका उपाअध्यक्ष हिराधन राई बेलायतबाट खोटाङ गएका थिए।