
-निर्मल भट्टराई
एमाले–माओवादी एकताको लागि तय गरिएको मिति बैशाख ९ गते नजिकिदैछ । एकतालाई ऐतिहासिक बनाउन एकातिर जनपरिचालनको तयारी चल्दैछ भने अर्कातिर हालसम्म नमिलेका विषयहरुलाई टुङ्गो लगाउने एकता संयोजन समितिको बैठक लगातार पर सरिरहेको छ । विभिन्न सञ्चारमाध्यमले निरन्तर रुपमा एकतामा भाँजो पर्न सक्ने र एकता तोकिएको मितिमा हुन नसक्ने बताइरहेका छन् ।
‘दुई शेर एउटा जङ्गलमा बस्न नसक्ने’ कारण एमाले र माओवादीबीचको एकता हुन नसक्ने अड्कलवाजी समेत गरिदैछ । सैद्धान्तिक विषयमा एकताको महाधिवेशनसम्म छलफल गर्दै निष्कर्षमा पुग्ने सहमति गरेका एमाले र माओवादी त्यो भन्दा कम महत्वका विषयमा किन निष्कर्षमा पुग्न नसकेका हुन् बुझ्न कठिन भएको छ ।
दुई पार्टीबीचको एकताका सन्दर्भमा धरातलीय यथार्थ के हो भने गएको चुनावमा माओवादी केन्द्रले एक तिहाइको हाराहारी सीटमा विजय प्राप्त गरेको हो । त्यही आधारमा एकता भयो भने त्यो प्राकृतिक एकता हुन्छ ।
क) संगठनात्मक समायोजन
कम्युनिष्टहरु धरातलीय यथार्थमा विश्वास गर्छन् । नेकपा(माओवादी) केन्द्रका अध्यक्ष प्रचण्डले ‘धरातली ययथार्थ’ शब्दावलीलाई नेपाली राजनीतिमा लोकपृय बनाएका हुन् । धरातलीय यथार्थको आधारमा नै बाह्रबुँदे सहमति हुँदै नेपालको राजनीति यहाँसम्म आइपुगेको हो ।
दुई पार्टीबीचको एकताका सन्दर्भमा धरातलीय यथार्थ के हो भने गएको चुनावमा माओवादी केन्द्रले एक तिहाइको हाराहारी सीटमा विजय प्राप्त गरेको हो । त्यही आधारमा एकता भयो भने त्यो प्राकृतिक एकता हुन्छ । समाचारहरुमा आएजस्तो माओवादी केन्द्रले प्रतिशतमा बार्गेनिङ्ग नै गरेको हो भने यसले दीर्घकालीन एकतामा समस्या पार्न सक्दछ ।
वाम एकताका हिमायती जनताको आमबुझाई के छ भने एकता भएलगत्तै आफूलाई अलिकति उँचनीच हुने वित्तिकै पार्टी फुटाउन सक्ने वैधानिक आधार कायम राखेर पार्टी एकता गरियो भने त्यसले अनावश्यक शङ्काउपशङ्का कायम राख्नेछ । चुनावमा सार्वभौम जनताले तोकिदिएको हैसियतमा एकता भयो भनेमात्र यो एकता दिगो एकता हुनेछ । फेरि एकतापछि सबै नेता सबै कार्यकर्ताको नेता र सबै कार्यकर्ता सबै नेताको कार्यकर्ता हुने हुनाले पनि प्रतिशतको विवादको औचित्य छैन ।
अब बन्ने कम्युनिष्ट पार्टीले विगतमा नेकपा (एमाले)को नाम राम्ररी भन्न नसक्ने तर ‘घाम पार्टी’ लाई भोट दिने हजारौं मतदाता बिर्सेर अन्यथा निर्णय गर्ने कल्पना पनि गर्न सकिदैन ।
ख) चुनाव चिन्ह
वाम गठबन्धन बन्दै गर्दा एमालेले प्रयोग गरेको सूर्य चिन्ह बहुसङ्ख्यक जनतामा लोकपृय भएको कारण वाम गठबन्धन सूर्य चिन्हमा चुनाव लड्ने सहमति भएपनि कतिपय कानूनी र अन्य कतिपय जटिलताले त्यो संभव भएन ।
चुनाव चिन्हको विषय नितान्त प्राविधिक विषय भएपनि निर्वाचनद्वारा श्रेष्ठता हासिल गरेर समाजवादमा पुग्ने लक्ष्य बोकेको अब बन्ने कम्युनिष्ट पार्टीले विगतमा नेकपा (एमाले)को नाम राम्ररी भन्न नसक्ने तर ‘घाम पार्टी’ लाई भोट दिने हजारौं मतदाता बिर्सेर अन्यथा निर्णय गर्ने कल्पना पनि गर्न सकिदैन ।
साथै पार्टीको झण्डामा हँसिया र हथौडा अंकित भएको र माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्र हँसिया हथौडा हुँदा चुनाव प्रचारमा अन्यौल सिर्जना भएको पनि यहाँ भुल्न मिल्दैन । अहिले प्रचारमा आएजस्तो सूर्यभित्र हँसिया हथौडाजस्ता चुनाव िचन्हले प्रचार प्रसारमा समस्या ल्याउने मात्र होइन, वाम मतदातामा ठूलो अन्यौल पनि सिर्जना हुनेछ ।
दशबर्षे माओवादी जनयुद्धलाई ‘महान’ शब्दको जामा भिराएर जयजयकार गर्नु भन्दा त्यसको ऐतिहासिक महत्वलाई द्वन्द्ववादी मूल्याङ्न गरेर जनतालाई सूसुचित गर्नु श्रेयस्कर हुन्छ ।
ग) जनयुद्ध
अहिले दुई पार्टीबीचमा ओवादी जनयुद्धलाई हेर्ने सवालमा समान दृष्टिकोण बन्न सकेको छैन भन्ने प्रचार बाहिर आईरहेको छ । जनयुद्धई तिहासको विषय हो, वर्तमानको विषय बन्न सक्दैन । आजका मितिसम्म माओवादी जनयुद्धको माओवादी केन्द्रको स्वामित्वमा थियो ।
निःसन्देह, पार्टी एकतापछि माओवादी जनयुद्धलाई नेपाल कम्युनिष्ट पार्टीले अपनत्व ग्रहण गर्ने भए पछि यसमा विवाद गरिरहनुको कुनै औचित्य देखिदैन । दशबर्षे माओवादी जनयुद्धलाई ‘महान’ शब्दको जामा भिराएर जयजयकार गर्नु भन्दा त्यसको ऐतिहासिक महत्वलाई द्वन्द्ववादी मूल्याङ्न गरेर जनतालाई सूसुचित गर्नु श्रेयस्कर हुन्छ ।
एकता प्रकृयाबाट भाग्ने वा यसलाई एकपछि अर्को जटिलता थप्दै जाने अवस्थामा एमाले र माओवादी छैनन् । जनताका सामू उभिएर हजार पटक नेताहरुले पार्टी एकता गर्ने कसम खाएका छन् । एकताकै बलमा दुबै पार्टीका नेताहरु सत्तामा आसिन हुन पुगेका छन् ।
एकताको अन्तिम गृहकार्य हुँदै गर्दा एकता विरोधीहरुलाई सूँड घुसार्न मिल्ने यस्ता छिद्र देख्दा एकताका हिमायती जनताको मन अमिलो बनाउछ भन्ने हेक्का सबैमा होला नै । पार्टी एकताको अन्तिम जङ्घारको रुपमा रहेका यी तीन विषयको बैशाख ९ अगावै बस्तुनिष्ट समाधान खोजिने अपेक्षा गर्न सकिन्छ ।















प्रतिक्रिया