१ कार्तिक २०८३, शनिबार

भत्ता मागेर अबरोध, अराजक कर्मचारी, कसले कारबाही गर्छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

biccकाठमाडौं, ८ पुस । अन्तराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीको अवरोधले संविधानसभाको सोमबारको बैठक डेढ घण्टा अवरुद्ध भयो ।

सहरी विकास मन्त्रालय अन्तर्गत पर्ने केन्द्रका ८८ जना कर्मचारीले संविधानसभा र संसद सचिवालयका कर्मचारीकै सरह भत्ता सुविधा माग गर्दै विहान १० बजेदेखि नै संविधानसभा भवनमा ताला लगाएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ  ।

सचिवालयले आफूहरुलाई काजमा खटाएको तर खाजा र खाना भत्ता सुविधामा भने भेदभाव गरेको भन्दै केही दिनदेखि एमाओवादी समर्थित केन्द्रका कर्मचारीहरु विरोधमा उत्रेका थिए ।

सोमबार भने तालाबन्दी नै गरेपछि सभासद संविधानसभा बाहिर बस्न बाध्य भएका थिए ।

कर्मचारीका समस्या बारे सभामुख सुवास नेम्वाङ्गले प्रधानमन्त्री सुशील कोइरालालाई अवगत गराई सरकारबाट उनीहरुको माग सम्बोधन गर्न आग्रह गरेका थिए ।

संसद सचिवालयका तर्फबाट भत्ताका लागि सिफारिस भएपनि सम्बन्धित मन्त्रालयमा रोकिएको थियो ।