१ कार्तिक २०८३, शनिबार

एमालेले मुख्य सहर र जिल्लाहरूमा बृहत कार्यकर्ता भेला गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

umlकाठमाडौं, ८ पुस । एमालेले संविधानका अन्तरबस्तुमा पार्टीको धारणा प्रष्ट गर्न र माघ८ भित्रै संविधान जारी गर्नका लागि अनुकुल वातावरण सिर्जना गर्न पुस १८ गते मुख्य सहर र जिल्लाहरुमा बृहत् कार्यकर्ता भेला गर्ने  भएको छ ।

एमाले सचिवालयको सोमबारको बैठकले भेला गर्ने निर्णय गर्दै त्यसको कार्यक्रम सार्वजनिक गरेको हो ।

महासचिव इश्वर पोखरेलका अनुसार प्रमुख  सहरहरुमा हुने भेलामा पार्टीका पदाधिकारीहरुले मुख्य सम्बोधन गर्नेछन् ।

जनकपुरमा अध्यक्ष केपी ओली, विराटनगरमा वरिष्ठ नेता झलनाथ खनाल, वीरगञ्जमा नेता माधवकुमार नेपाल,  नेपालगञ्जमा उपाध्यक्ष वामदेव गौतम र पोखरामा उपाध्यक्ष विद्यादेवी भण्डारीले सम्बोधन गर्ने समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

त्यस्तै उपाध्यक्ष युवराज ज्ञवालीले धनगढी, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महेन्द्रनगर, उपाध्यक्ष भिम रावलले बुटवल र महासचिव इश्वर पोखरेलले लाहानको भेलालाई सम्बोधन गर्नेछन् ।

उपमहासचि विष्णु पौडेलले चितवन, उपमहासचिव घनश्याम भुसालले सुर्खेत, सचिव प्रदीप ज्ञवालीले हेटौडा, सचिव पृथ्वीसुब्बा गुरुङले धनकुटा, सचिव गोकर्णराज विष्टले बाग्लुङ र सचिव योगेश भट्टराईले डोटीको भेलालाई सम्बोधन गर्ने एमालेले जनाएको छ ।