काठमाडौँ, ७ पुस । राप्रपा नेपालका अध्यक्ष कमल थापासँग असन्तुष्ट समुहले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी थापा बिचलन र पयालनवादी भएको आरोप लगाएको छ ।
राप्रपा नेपाल सुदृढीकरण अभियान संचालन बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा पद्मसुन्दर लावतीले हिन्दू राष्ट्र, संवैधानिक राजतन्त्र र अखण्ड नेपालको मूलमन्त्रमा आफुहरु अडिग हरेको दाबी गर्नुभयो ।
उहाँले पार्टी सुदृढीकरण अभियान थापाको कार्यशैली निराकरण गर्न र आन्तरिक सुधारबाट पार्टीलाई सुदृढ पार्नु सञ्चालनमा ल्याएको दाबी गर्नुभयो । उहाँले थापा समुहले आगामी पुस ९ गतेबाट सुरु हुने भनिएको पार्टीको रथ यात्रामाको समेत आलोचना गर्नुभयो ।
‘विद्यमान अस्थीर र अन्योल अवस्था चिर्दै, नेपाली जनताको आकांक्षा अनुकूल नयाँ संविधान लेख्ने राप्रपा नेपालको अभिवारा हो,’ उहाँले भन्नुभयो, ‘तर माघ ८ को महत्वपूर्ण समयसीमा नजिकिँदै जाँदा संविधान लेखनको अहम जिम्मेवारीबाट भागेर रथयात्राको नाममा धार्मिक सभा गर्न लालयित छन् संसदीय दलको नेतासमेत रहेका कमल थापा ।’
उहाँले पहिलो संविधानसभाको निर्णय स्वीकार गर्ने कि नगर्ने भन्ने वैठक छल्न थापाले रथ चढ्ने बहानामा त्यही अवसरवादी प्रवृतिलाई निरन्तरता दिएको पनि पनि आरोप लगाउनुभयो ।
उहाँले काँंग्रेस र एमालेको पिछलग्गु भएर अध्यक्ष आत्मसमर्पणको बाटोमा हिँडेको समेत आरोप लगाउनुभयो । ‘आत्मकेन्द्रीत कार्यशैली थापाको विशेषता हो,’ उहाँले भन्नुभयो, ‘एक्लै हिँड्ने गर्दागदै थापा अब फर्कनै नसक्नै बिन्दूमा पुगेका छन् । रथयात्राको प्रचार सामाग्री त्यसको ज्वलन्त उदाहरण बनेको छ ।’
संविधान सभाको प्रक्रिया छलेर कर्मकाण्डीय भजन किर्तनबाट हिन्दू राष्ट्र पूर्नस्थापना हुन नसक्ने लावतीको तर्क थियो ।















प्रतिक्रिया