पाँचथर, ७ पुस । पाँचथर र तेह्रथुम जोड्ने तमोर नदीको पुलआसपासको क्षेत्रबाट बालुवा उत्खनन गर्ने कार्य अझै रोकिएको छैन ।
पुलको ५०० मिटर आसपासबाट बालुवा उत्खनन गर्न नपाउने भए तापनि जिल्ला विकास समिति तेह्रथुमले बालुवा उत्खननका लागि खुलमखुला दिइने गरेको पाइएको छ ।
भौतिक संरचनालाई नै असर गर्ने गरी जिल्ला विकास तेह्रथुमले जिल्ला निकासी कर रसिद नै काटेर नीलकमल निर्माण सेवाको नाममा बालुवा उत्खनन गर्न दिएको पाइएको छ ।
भौतिक संरचनालाई नै प्रभाव पार्ने गरी बालुवा ठेक्कामै उत्खनन गरेको भए पनि जिल्ला प्रशासन कार्यालय तेह्रथुम मौन छ ।
यसैबीच पुलको पाँचथरतर्फ भने गिट्टी–बालुवा उत्खनन रोकिएको छ ।















प्रतिक्रिया