धादिङ, ७ पुस । उत्तरी धादिङको विकट क्षेत्र री गाविस ४ मा क्रिसमस मनाउने कार्यक्रममा सहभागी हुन धादिङ निर्वाचन क्षेत्र नम्बर १ का तीनवटै सांसद हेलिकप्टर चार्टर गरेर पुगेका छन्।
चोके गाउँस्थित हिमालय प्राथमिक विद्यालय प्राङ्गढमा शुक्रबार इसाई धर्मावलम्बीहरूले क्रिसमस डे कार्यक्रम आयोजना गरेका थिए। सोही कार्यक्रममा प्रमुख अतिथि बन्न धादिङ १ बाट प्रतिनिधित्व गर्ने तीनै सभासद हेलिकप्टर चार्टर गरेर कार्यक्रम स्थल पुगेका थिए ।
राज्यमा धर्म परिवर्तन र धार्मिक स्वतन्त्रतासम्बन्धी चर्को बहस चलिरहेको बेला क्रिसमस मनाउन पुगेको चर्चा चुलिएको छ ।
सभासदहरू एमालेका धनबहादुर घले, कांग्रेसका दिलमान पाख्रिन र राप्रपाका परशुराम तामाङ हेलिकप्टरबाट क्रिसमस मनाउन कार्यक्रमस्थल पुगेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।















प्रतिक्रिया