३० आश्विन २०८३, शुक्रबार

ओली र प्रचण्डको आँखामा सर्वेन्द्र खनाल

39.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– महाराजा बुढा

आफू पनि भ्ष्टाचार गर्दिन अनि अरुलाई पनि गर्न दिन्न भन्ने सार्वजनिक उदघोषसहितको प्रतिवद्धता व्यक्त गरिरहेका केपी शर्मा ओली प्रधानमन्त्री र सवै प्रकारको तस्करीलाइ बन्द गराउने र सुरक्षा निकायहरुलार्इ थप सबल र सम्मानित बनाउने प्रण गर्दै अगाडि बढिरहेका रामबहादुर थापा ‘बादल’ गृहमन्त्री रहेको अवस्थामा नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुँदैछ । यस्तो अवस्थामा कसले नेपाल प्रहरी संगठनको बागडोर सम्हाल्न पाउला त भन्ने सवाल हरेकको मनमा उब्जिरहेको छ ।

को होला त्यो अधिकृत ? जसले ओली र बादलले सोचेको ढङ्गको प्रहरीको ग्यारेण्टी गर्न सकोस । हुन त प्रहरी महानिरीक्षक नियुक्ति नहुने दिनसम्म ऐन, नियमको व्यवस्थाले प्रतिस्पर्धा गर्न योग्य सम्पूर्णले आफ्नो दौड कायम राख्ने नै देखिन्छ तर अहिले प्रतिस्पर्धामा रहेका अधिकृतहरु सबैको विगत नियाल्ने र मुल्यांकन गर्ने हो भने विद्धमान वरियतामा समेत एक नम्बर रहेका सर्बेन्द्र खनालले नै आइजीपी बनेर देशको सुरक्षाको बागडोर सम्हाल्ने सम्भावना देखिन्छ । त्यस्तो सम्भावनाको आंकलनको पछाडि केहि ठोस आधारहरु छन्, जसमध्येका मुख्य आधारहरु निम्न छन भन्ने मलाई लाग्छ ।

१. ओली बादलले खोज्ने आइजीपी साहसी हुनै पर्नेछ । जागिरे जीवनमा बारा, पर्सा बस्दा जनतालाइ दुख दिने डाँकाहरुको समाप्ति हुँदै, काठमाडौँको एसपी हुँदा गुण्डाराज अन्त्य, नारायणी एसएसपी हुँदा नेपाली मात्रै नभएर भारतीय अपराधी समेतको निन्द हराम गर्दै कानुनको पञ्जामा ल्याउने, अपराध महाशाखामा प्रमुख हुँदा कुमार घैंटे जस्ता डनको इन्काउन्टर लगायत थुप्रै साहसिक काम गर्ने सर्बेन्द्र खनालको बहादुरीको कुनै जवाफ छैन । गुण्डाहरुलाई उनले बुद्धिमतापूर्वक डोजर नचलाएको भए आज काठमाडौँसहित देशभर एकखाले आतंक हुन्थ्यो । अझ तराईका जिल्लामा भूमिगत समूहका नाममा जे जे भइरहेको थियो, त्यसलाई निमिट्यान्न पार्नका लागि लागि उनी स्याबासीका पात्र हुन् ।

२. भ्रष्टचारविरुद्धको अभियान प्रधानमन्त्री केपी ओलीको अर्को घोषित कार्यक्रम हो भने गृहमन्त्रीको प्रतिवद्धता । त्यो पूरा गर्न पनि सर्बेन्द्र खनालनै सारथी हुन सक्ने देखिन्छ किनभने उनी नै त्यो अधिकृत हुन जसले अपराधीसँग हिमचिम गरेकोले आफ्नै डीएसपीको घटुवा गरिदिएका थिए भने नाकावन्दीको कष्टकर समयमा पनि जनतालार्इ ठग्ने काममा संलग्न सहसचिव समेतलाई कानुनको सिकंजामा ल्याएको मात्रै नभएर अहिले ट्राफिक प्रहरी प्रमुख हुँदा घुस लिनेलाइ मात्रै नभएर दिनेलाई समेत कारवाही गर्दै भ्रष्टचारको विरुद्ध जेहाद छेडिरहेका छन ।

३. शिक्षित र जागरुक जनता र अपराध मुक्त सभ्य समाज अहिलेको सरकारको प्राथमिकता हो, सर्बेन्द्र खनाल त्यस्तो अधिकृत हुन जो अपराधीलाई तह लगाउनबाट बचेको समय दाइजो विरोधी अभियान, छोरीलाई पनि पढाउनुपर्छ भन्दै जनता जागरुक पार्ने अभियान मात्रै नभएर आफै सहर सफा गर्न आफैं मैदानमा उत्रिएर खटिने हुनाले तरार्इदेखि पहाडसम्म जनताको बीचमा लोकप्रिय रहेका अधिकृत हुन ।

४. तस्करी नियन्त्रण अहिलेको प्रधानमन्त्री गृहमन्त्रीको मूल ध्यय रहेको छ । सर्बेन्द्र खनाल प्रहरीको त्यस्तो अधिकृत हुन्, जसले सिमादेखि राजधानीसम्म तस्करीको जालो तोडने काम गर्ने मात्रै हैन । सुन तस्करीमा संलग्नलाई संगठित अपराधमा मुद्दा चलाउने कामको थालनी गरेका पनि हुन । त्यसो हुनाले सर्बेन्द्रनै रोजाइमा पर्ने देखिन्छ ।

५. सबैले आफूले पाएको जिम्मेवारी देश र जनताको पक्षमा इमान्दारितासाथ निर्वाह गर्नुपर्छ भन्ने प्रधानमन्त्री ओलीको प्रमुख जोड रहँदै आएको छ तर यहाँ त देशको झण्डा ओडेर देशको अस्मिता बेच्ने पनि देखिए । नेपालको फुटबल टिममा रहेर पनि सिमित पैसाको लोभले अर्को देशलाइ जिताउन अनि आफ्नो देश हराउने राष्ट्रघाती काम गर्ने फुटबल खेलाडीहरुको कर्तुत पत्ता लगाएर, ब्यापक दबाब सहँदै उनीहरुलाई राज्यविरुद्धको अपराधमा मुद्दा चलाउने सर्बेन्द्र ओली सरकारको गैरजिम्मेवारिता र दण्डहिनताविरुद्धको अभियानको भरोसायोग्य अभियन्ता हुनसक्ने छन ।

६. देश बिदेशमा जहाँ रहेको भएपनि नेपालीहरुले दुख नपाउन भन्ने चिन्तन गर्ने सरकारले मानवतस्करी विरुद्ध अभियान चलाउँदै श्रमिक जनतालाइ ठग्ने, दुख दिनेलाई देशमा कारबाही अनि गलत प्रलोभनमा परेर विदेश पुगेर फसेकाहरुको उद्दार गरेर थुप्रै आमा, दिदी बहिनीको आशिर्वाद पाएका सर्बेन्द्रलाइ नै रोज्नेमा खासै शंका रहँदैन ।

आफूसँग अरुको जस्तो धेरै समय नभएकोले भएको समय देश र जनताको पक्षमा खर्चिने घोषणा कार्यान्वयन गर्दै अगाडि बढेका प्रधानमन्त्री केपी ओली अनि सुरक्षा सुधारका कार्यक्रम अगाडि बढाउदै सक्रिय रहेका गृहमन्त्री बादलले अबको आइजीपी छनोटमा प्रतिवद्धताको पोको बोकेर आइजीपी बन्न आउनेलार्इ भन्दा सफलताको फेहरिस्तको पर्याय सर्बेन्द्रलाइ नै रोज्नेछन भन्दा हाललार्इ अनुमान केही दिनमा सत्यता हुनेछ ।

लेखक अमेरिका निवासी नेपाली हुन् ।