३० आश्विन २०८३, शुक्रबार

डि (आइजी) पुस्कर !

71.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विनोद ढकाल / दैनिक नेपाल  

भोजपुरे ठिटो पुस्कर कार्की र तनहुँका सर्वेन्द्र खनाल अस्कल क्याम्पसका एकै व्याची हुन् । जसरी प्रहरी अधिकारीमा पनि एकै व्याची हुन् । रमेश खरेलसँग भने उनी कलेजमा सँगै पढेनन् । बुढानिलकण्ठ विद्यालयका दोस्रो व्याची कार्कीले सुनाए, ‘कलेजमा सँगै पढेको हो । तर, हाम्रो सम्बन्ध भने फोर्समा बढी घुलित भयो । कलेज पढेको सम्झना त्यसबेला पनि आउँथ्यो ।’

काठमाडौं, २६ चैत । अबको २४ घन्टाको समयावधिका लागि डिआइजी पुस्कर कार्की पनि नेपाल प्रहरी प्रमूखको दौडका एक पात्र हुन् । फिट छन् । तन्दुरुस्त देखिन्छन् । अनुहारमा तेज उज्यालो छ । कमान्डिङ गतिलो गर्नसक्ने खुबी हाउभाउमा देखिन्छ । ठ्याक्कै प्रहरीको लिडर बन्ने क्षमता जस्तै ।

‘हरेक डिआइजीका आफ्ना क्षमता छन् । उनीहरू त्यसै डिआइजी भएका होइनन् । सरकारले क्षमताको मुल्यांकन गरेको आधारमा जो कोही आइजी हुन सक्छ’, प्रहरी महानिरीक्षकमा कत्तिको चान्स छ ? भन्ने प्रश्न खसेपछि उनको यो अनौपचारिक उत्तर । अनि, अदालततिर पनि गइन्छ कि ? ‘संगठन विगार्ने काममा मेरो सहभागिता वा संलग्नता हुँदैन । अरुले के गर्छन् थाहा छैन, मचाहिँ जान्न ।’, उनको अर्को ठेट उत्तर थियो ।

के तपाईँ आगामी आइजी हो ? दौड कत्तिको दरिलो छ ? ‘मेरो दौड त्यसमा छैन । यो प्रश्नको उत्तर मैले दिन मिल्दैन ।’, उनी हठ्ठी स्वभावमा भन्छन् । तर प्रहरीको नेतृत्व भनेको नियमावलीले तोकेको हुनुपर्छ भन्ने उनको तर्क छ । कार्यक्षमता भएको, प्रहरी संगठनको नेतृत्व गर्न सक्ने, असल चरित्र भएको लगायतका । नियमावलीमा उल्लेख भएका आधारमा हुनुपर्छ भन्ने मान्यता राख्छन् । त्यसलाई अनुमोदन गर्ने अधिकार सरकारमा नीहित रहेकाले यसबारेमा थप बोल्न नमिल्ने पनि बताउँछन् ।

अहिले आइजीका विषयमा तीन नाम चर्चामा छन् । कार्कीसहित सर्वेन्द्र खनाल र रमेश खरेल पनि । अन्य डिआइजीले पनि झिनो आशा राखेका होलान् । तर, यी तीनको सम्भाव्यताको चर्चा सर्वत्र छ । प्रहरी अधिकृतमा २८ वर्ष अघि भर्ना हुँदा, बढुवा हुँदा कत्तिको सेलिब्रेशन गर्नुहुन्थ्यो ? त्यसबेला र यसबेलाको सम्बन्धलाई मुल्यांकन गर्दा कता–कता डाह हुँदैन ? उनले यसमा पनि सरल उत्तर दिए । ‘अहिले पनि सेलिब्रेशन गर्छौं । अस्ति भर्खर सबै डिआइजी भेला भएका थियौं ।’
आइजी दौडका खनालसँग भने कार्कीको गज्जबको संयोग छ । यो सम्बन्ध प्रहरी अधिकारी हुनुपूर्व कलेज पढ्दाको हो । भोजपुरे ठिटो कार्की र तनहुँका खनाल अस्कल क्याम्पसका एकै व्याची हुन् । जसरी प्रहरी अधिकारीमा पनि एकै व्याची हुन् । खरेलसँग भने उनी कलेजमा सँगै पढेनन् । बुढानिलकण्ठ विद्यालयका दोस्रो व्याची कार्कीले सुनाए, ‘कलेजमा सँगै पढेको हो । तर, हाम्रो सम्बन्ध भने फोर्समा बढी घुलित भयो । कलेज पढेको सम्झना त्यसबेला पनि आउँथ्यो ।’

कार्की फ्याट्ट बोल्ने प्रकृतिका छन् । तर कमाण्ड कायम गर्ने शैलीका पनि । केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)मा उनको नेतृत्वले तीव्र गतिको कामको लालसा राखेको छ । त्यसैले केही महिनामा विदेशी यौन दूराचारीहरू कस्टडीमा पर्न थालेका छन् । प्रहरीसँग रहेको स्रोत साधनले मात्र होइन, प्रविधिको विकास गर्न सके प्रभावकारी काम हुन सक्नेमा ढुक्क छन् ।

जिन्दगीमा कति घुस खानु भयो ? पैसा टन्न कमाउनु भयो ? सहजताका साथ उनको उत्तर आयो– २८ वर्ष भयो त्यही घुस खाइएन छ । जिन्दगी चलाउनका लागि पैसा चाहिन्छ, पैसा कमाउन संगठनबाट विदेशचाँहि गइयो ।

प्रायः उनी संवादमा आधा अंग्रेजी मिसाउने चलनचल्तीका पारख जस्ता पनि देखिन्छन् । उनीसँग संवाद गर्ने जो कोहीसँग रेस्पोन्स गर्दाको यो शैली उनमा हावी छ । पत्रकारसँग मात्रै होइन । कुराकानीको दौरान उनकी श्रीमतीले फोन गरिन् । उनीसँग त पूरा अंग्रेजी भाषामा बोलिदिए । ‘सासुको उपचारको सल्लाह उनले गरेकी हुन्’, भंग भएको संवादलाई लयमा ल्याउन उनले प्रष्टीकरण दिए ।

जिन्दगीमा कति घुस खानु भयो ? पैसा टन्न कमाउनु भयो ? सहजताका साथ उनको उत्तर आयो– २८ वर्ष भयो त्यही घुस खाइएन छ । जिन्दगी चलाउनका लागि पैसा चाहिन्छ, पैसा कमाउन संगठनबाट विदेशचाँहि गइयो ।

प्रहरी संगठनमात्र नभएर जनतासँग सिधा सम्बन्धको प्रवृत्ति पनि भएको उनको ठम्याई छ । मिठास, सत्य र रेस्पोन्स प्रहरीबाट भए संगठनको गरिमा यसै पनि उठ्ने उनी तर्क गर्छन् । आइजी राजनीतिक पोस्ट हो भन्ने उनी स्वीकार्छन् । तर, यस अर्थमा राजनीतिक कि राजनीतिज्ञ जस्तो व्यस्त बन्नुपर्छ । त्यहाँ बसेर राजनीतिक गर्ने दलजस्ता प्रवृत्तिको होइन ।

कार्कीसँग अनुभव, अध्ययन र प्रयोगबारे धेरै ज्ञान छन् । ती ज्ञानको उपयोग र प्रयोग उनले सकेसम्म गरिरहेका छन् । ती भन्दा पनि बढी उनीसँग जनतालाई सम्बोधन गर्ने ज्ञानका आधार छन् । त्यसैले पनि उनको योग्यताको दौड आजको दिनका लागि जारी देखिन्छ । बाँकी, सरकारको हातमा ।