काठमाडौँ, ६ पुस । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजाल साताव्यापी भ्रमणका सिलसिलामा आज चीनको राजधानी बेइजिङ जानुहुने भएको छ ।
चीनका सञ्चारमन्त्रीको निमन्त्रणामा छ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ आइतबार राति ११ बजे त्यसतर्फ प्रस्थान गर्नुहुने प्रतिनिधिमण्डलका सदस्य तथा मन्त्रालयका सहसचिव कविराज खनालले जानकारी दिनुभयो ।
भ्रमणका अवसरमा मन्त्री रिजालले दुई मुलुकबीच सञ्चार सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने र दूर सञ्चारबारे पनि छलफल गर्नुहुनेछ ।
चीनमा रहँदा मन्त्री रिजालले चीनको व्यापारिक सहर साङ्घाईको समेत भ्रमण गर्नुहुनेछ ।















प्रतिक्रिया