२९ आश्विन २०८३, बिहिबार

किन प्रभावकारी भएन एचआइभी एड्स नियन्त्रण ?

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ चैत । सरकारले एचआइभी एड्स संक्रमितका लागि निःशुल्क औषधि वितरण गरे पनि प्रभावकारीरुपमा उपचार भएको देखिँदैन ।

मुगुल मिडियाले शुक्रबार आयोजना गरेको ‘एचआइभी एड्ससम्बन्धी जनचेतना’ कार्यक्रममा नेपालमा सोको उपचारका लागि सरकारले निःशुल्क औषधि वितरण गरेको भए पनि उपचार प्रभावकारी हुन नसकेको बताइएको हो । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा वासुदेव पाण्डेका अनुसार विश्वव्यापी रुपमा एचआइभी एड्स रोगी कम हुँदै गएका छन् तर नेपालमा जुन रुपमा न्यूनीकरण हुुनुपर्ने हो त्यसअनुसार हुन सकेको छैन ।

नेपालमा हाल एचआईभी एड्स संक्रमित १३ हजारदेखि १५ हजारसम्म छन् । सरकारले सन् २०२० सम्म ९० प्रतिशत विरामीको रोग पत्ता लगाउने लक्ष्य लिएको छ । कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारले सो रोग स्थानीयस्तरदेखि नै न्यूनीकरण गर्न र चेतना जगाउने कानूनी व्यवस्था नै रहेको हुँदा अब प्रभावकारी कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभाका सदस्यहरु यज्ञराज सुनुवार, अमनलाल मोदी, रामकुमारी झाँक्री र प्रदेशसभाका सदस्य रचना खड्काले राज्यका तिनै तहमा कानून बनिरहेको हुँदा यस्ता समस्या स्थानीय सरकारबाटै प्रभावकारी ढंगले समाधान हुनुपर्नेम जोड दिनुभयो । –रासस