१ कार्तिक २०८३, आइतबार

अख्तियारले शैक्षिक प्रमाणपत्र छानबिन गर्ने भनेपछि एघार शिक्षकको राजीनामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, ६ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक प्रमाणपत्र छानबिन गर्ने क्रम अघि बढाएपछि उदयपुरमा अहिलेसम्म ११ जना शिक्षकले राजीनामा दिएका छन् ।

राजीनामा दिने शिक्षकमध्ये एकजना माध्यमिक तहको, एकजना निम्न माध्यमिक तहको र बाँकी सबै प्राथमिक तहका शिक्षक रहेको कुरा जिल्ला शिक्षा कार्यालय उदयपुरले जनाएको छ ।

एकजना माध्यमिक तहका शिक्षक स्रोत व्यक्तिसमेत भएको बताइएको छ । निमाविका शिक्षकले भने स्वेच्छाले राजीनामा दिएको जिल्ला शिक्षा अधिकारी हरि वस्तीले बताउनुभएको छ ।

अहिले ११ जनामध्ये नौजना प्रावि तहका शिक्षकले आफूहरुको प्रमाणपत्रमा केही प्राविधिक समस्या भएको हुनसक्ने भएका कारण राजीनामा दिएको बताइएको छ । अझै एकजना मावि तहका र केही प्रावि तहका शिक्षक पनि राजीनामा दिन तयार रहेको कुरा उदयपुरका सहायक जिल्ला शिक्षा अधिकारी प्रणराज न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार राजीनामा दिने सबै तहका शिक्षक स्थायी हुन् ।