१ कार्तिक २०८३, आइतबार

दलहरुबीच टकराव सुरु हुने वित्तिकै पूर्व राजा ज्ञानेन्द्र देश दौडाहामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kingकाठमाडौँ, ६ पुस । जबजब मुलुकका राजनीतिक संकट देखा पर्छ अनि पूर्वराजा ज्ञानेन्द्र शाहको विभिन्न बाहनामा भ्रमण साइत जुर्न थाल्छ । पूर्व राज ज्ञानेन्द्रलाई पछिल्लो पूर्वी तराईको भ्रमणमा पनि यस्तै साइत जुरेको छ ।

संविधान निर्माणका बारेमा नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीबीच दुरी बढीरहेका बेला पूर्व राजा ज्ञानेन्द्र आइतबार सपरिवार चितवन जाँदै छन् ।

पूर्वी तराईको भ्रमण गर्ने कार्यक्रम बनाएका शाहले चितवन, सिमरा तथा झापाको भ्रमण निस्कन लागेका हुन् ।   तीन साता लामो भ्रमणमा उनले जनतासँग भेटघाट गर्ने तयारी समेत गरेका छन् ।

ज्ञानेन्द्रको परिवारले केही दिन चितवन र सिमरामा बिताउँने छ भने त्यसपछि उनको परिवार झापामा निस्कने छ ।   स्रोतका अनुसार ज्ञानेन्द्रले  राप्रपा नेपालले गर्न लागेको रथयात्रा कार्यक्रममा सहभागीता जनाउँने छन् ।

राजावादीहरुले भने ज्ञानेन्द्रको उपस्थितिमा रथयात्रा भव्य बनाउँने तयारी गरेका छन् ।