२९ आश्विन २०८३, बिहिबार

महोत्सवमा दश लाखको सुन्तला बिक्री

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

suntala-orange
धनकुटा, ६ पुस । एसियाकै रसिलो र गुलियो सुन्तला पाइने ठाउँका रुपमा परिचित  खोकुमा आयोजित प्रथम राष्ट्रिय सुन्तला महोत्सवमा १० लाख मूल्य बराबरको सुन्तला बिक्री भएको छ ।

करिब १५ लाख बराबरको कारोबार भएको अनुमान गरिएको महोत्सवमा सुन्तला मात्रै दुई तिहाई बिक्री भएको आयोजकले जनाएको छ । तीन दिनसम्म सञ्चालित महोत्सवमा स्थानीय कृषकले  महोत्सवस्थल  तथा बगैँचाबाटै सुन्तला बिक्री गरेका हुन् ।

यसअघिका वर्षमा विभिन्न ठाउँमा लगेर सुन्तला बिक्री गर्दै आए पनि यस वर्ष भने महोत्सवका कारण गाउँबाटै सुन्तलाको व्यापार राम्रो भएको भन्दै किसानले खुसी व्यक्त गरेका छन् ।

महोत्सवले सुन्तला बिक्रीबाट लाखाँै रकम गाउँमा भित्र्याउनाका साथै कृषकलाई व्यावसायिक रुपमा सुन्तला खेती गर्न थप उत्साहित समेत बनाएको महोत्सव प्रचारप्रसार समिति संयोजक नगेन्द्र राईले जानकारी दिनुभयो ।