७ कार्तिक २०८३, शनिबार

सासु–बुहारीको झगडाले दुई घर जले नष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

solukhumbu_districtसोलुखुम्बु, ६ पुस । सासूबुहारीको झगडाका कारण लोखिम वडा नं ७ सोलुखुम्बुमा दुई घर जलेर नष्ट भएका छन् ।

बुहारीसँगको झगडाका क्रममा सासूले घरमा आगो सल्काउँदा दुई घर जलेर नष्ट भएको स्थानीयवासी सामाजिक परिचालक उत्तरकुवीर राईले जानकारी दिए ।

शनिबार दिउँसो करिब १ बजे भएको आगलागीबाट आमाछोरा पूर्णबहादुर तामाङ र सप्तकुमारी तामाङको घर जलेको हो ।

आगो नियन्त्रणमा लिन नसक्दा घरभित्र रहेका सबै लत्ताकपडा र अन्न जलेको छ ।

स्थानीयले दुई घरसहित सबै सम्पत्ति जलेर करिब सात लाखको क्षति भएको बताएका छन् ।

घटनाबारे जानकारी पाएपछि प्रहरीलाई त्यसतर्फ खटाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।