१ कार्तिक २०८३, शनिबार

सुरेन्द्र ठाकुरको परिवारनै चोरीमा संलग्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chor
काठमाडौं, ६ पुस । नयाँ बानेश्वरको मिलन चोकनजिकै भद्रमार्गमा एउटा पूरानो दुइतले घर छ। तारा खड्काको यो घर तीन वर्षदेखि रौतहटका सुरेन्द्र ठाकुरले भाडामा लिएका छन्।

उनको परिवार नै चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

‘परिवारका सबै सदस्यलेनै करिब तीन वर्षदेखि चोरी पेसा अपनाउँदै आएका रहेछन्,’ महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी रमेश तामाङले भने, ‘नुनदेखि सुनसम्म जे पनि चोरी गर्दा रहेछन्।’

डिएसपी तामाङका अनुसार उनीहरूको घरबाट चोरीका तीन गाडी सामान बरामद गरेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

प्रहरीका अनुसार ठाकुर परिवारको वरिपरी कसैसँग पनि चिनजान छैन।

उनीहरूको गतिविधि संकास्पद लागेकाले अनुसन्धान गर्दा परिवार नै चोरीमा संलग्न रहेको खुलेको हो।