
-तिलक राज भण्डारी
माननीय मन्त्री ज्यूहरू !
तपाईहरूलाई बधाई दिनेको निकै भिडभाड छ, छिटोभन्दा छिटो मन्त्रालयको ब्रिफिङ लिनुछ, यथाशीघ्र मन्त्रालयको कार्ययोजना बनाएर परिणाममुखी कार्यान्वयनमा उत्कृष्टता हाँसिल गर्नुछ । तपाईको व्यस्त समयलाई हामीले धेरै डिस्टर्व गर्नु हुदैन भन्ने कुरा मलाई राम्ररी थाहा छ । यद्यपी, यो खुल्लापत्र मार्फत हार्दिक बधाई तथा सफलताको शुभेच्छा प्रकट गर्न चाहान्छु ।
कठोर चुनौतिहरूको सामना नगरी अपेक्षित सफलता चुम्न सकिदैन भन्ने कुरामा त हामीबीचमा द्विविधा नहोला । यो खुल्लापत्र मार्फत केही चुनौती र अवसरको सन्देश प्रवाह गर्ने अनुमति चाहान्छु ।
तपाईहरू निकै क्षमतावान, लोकप्रिय, प्रभावशाली र नेतृत्वदायी व्यक्तित्व हो भन्ने कुरामा हामीलाई कुनै शंका छैन । बलिया प्रतिष्पर्धीहरूलाई पछि पार्दै जनताद्वारा निर्वाचित भएर आफ्नो लोकप्रियतालाई पुष्टी गर्नुभएको छ । पार्टीभित्रै मन्त्री बन्ने निकै हानथापका बावजुत पनि स्पष्ट दुईतिहाई बहुमत प्राप्त बलियो सरकारको मन्त्री बन्न सफल हुनु भएको छ । जनताको पक्षमा परिणाममुखी काम गरेर सफल नेतृत्वको रूपमा स्थापित हुने यो सुनौलो अवसर फेरि प्राप्त होला/नहोला, यसपटक नै तपाईले आफूलाई सफल नेतृत्वको रूपमा सावित गर्नुछ । कठोर चुनौतिहरूको सामना नगरी अपेक्षित सफलता चुम्न सकिदैन भन्ने कुरामा त हामीबीचमा द्विविधा नहोला । यो खुल्लापत्र मार्फत केही चुनौती र अवसरको सन्देश प्रवाह गर्ने अनुमति चाहान्छु ।

नेपालको संविधान २०७२ को निर्माणसम्म आईपुग्दा जनयुद्ध, जनआन्दोलन र संविधान सभाको निर्वाचनमा जनताद्वारा अनुमोदित गणतन्त्र, संघीयता, समावेशी तथा समानुपातिक प्रणाली र धर्मनिरपेक्षता लगायतका राजनैतिक एजेण्डाहरू संविधानमा सम्बोधन भएका छन् । संविधानको प्रस्थावनामा नै “…. समाजवादप्रति प्रतिवद्ध रही समृद्ध राष्ट्र निर्माण हुनेछ…” भन्ने कुरा उल्लेख भएको छ र अहिले संघीयताको कार्यन्वयन हुँदैछ । तपाई हामीले भने जस्तै जनवादी क्रान्तिका आधारभूत कार्यभार पुरा भएको र संविधानको कार्यान्वयन गर्दै जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्ने तथा समाजवादको आधार खडा गर्ने हो भने संविधानको कार्यन्वयन नै हाम्रो पहिलो चुनौती हुनेछ । संविधानको धारा १६ देखि ४६ सम्म निकै महत्वकांक्षी मौलिक हकहरूको व्यवस्था गरिएको छ । आधारभूत शिक्षा, स्वास्थ्य, खाद्य सम्प्रभुता, रोजगारी, आवास लगायतका आवश्यकतालाई मौलिक हकको महलमा राखिएको छ । धारा ४७ मा राज्यले संविधान लागू भएको तीन वर्षभित्र आवश्यक कानून बनाई मौलिक हकको कार्यन्वयन गर्नूपर्ने व्यवस्था गरिएको छ र संविधान लागू भएको दुई वर्ष बितिसकेको छ ।
यो सरकार स्पष्ट दुईतिहाई बहुमत प्राप्त बलियो सरकार हो तपाईहरू त्यो बलियो सरकारको प्रभावकारी मन्त्री हुनुहुन्छ । यो सरकार र तपाईहरूले चाहेमा संविधानको संशोधन, कानुन निर्माण, ऐन नियम सबै परिवर्तन गर्नेसक्ने बहुमत तपाईहरूसँग प्राप्त छ । मात्र तपाइहरूको योजना र इच्छा शक्तिको खाँचो छ ।
यतिमात्र हैन संघीयताको समग्र कार्यन्वयन तथा निकै महत्वाकांक्षी संवैधानिक व्यवस्थाहरूको कार्यान्वयन समान्य चुनौतिको विषय अवश्य हैन । यसको अतिरिक्त शान्ति प्रक्रियासँग सम्बन्धित सत्य निरूपन तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगका विषयहरूको अन्तिम टुङ्गो लगाउन बाँकीनै छ । अन्यथा गणतन्त्र प्राप्तिको आन्दोलनमा सहभागी भएका बालकृष्ण ढुङ्गेल जस्ता हजारौं नेता कार्यकर्ताहरू क्रमशः जेल जाने क्रम रोकिने छैन । शान्ति प्रक्रियासँग सम्बन्धित जनयुद्धकालिन मुद्धाहरूको अन्तिम किनारा लगाउनुछ । शहिद तथा वेपत्ता साथीहरूको वास्तविक स्थिति सार्वजनिक गर्नुछ । प्रतिपक्षको अवरोधले कानून बनाउन र संविधान कार्यन्वयन गर्न जटिलता भयो भन्ने पुरानो तर्क दोह¥याउने सुविधा तपाईहरूलाई छैन । यो सरकार स्पष्ट दुईतिहाई बहुमत प्राप्त बलियो सरकार हो तपाईहरू त्यो बलियो सरकारको प्रभावकारी मन्त्री हुनुहुन्छ । यो सरकार र तपाईहरूले चाहेमा संविधानको संशोधन, कानुन निर्माण, ऐन नियम सबै परिवर्तन गर्नेसक्ने बहुमत तपाईहरूसँग प्राप्त छ । मात्र तपाइहरूको योजना र इच्छा शक्तिको खाँचो छ ।
राजनीतिक रूपमा तपाई हामीले लामो समयदेखि वाम एकताको कुरा गर्यौँ र स्थायित्वको कुरा गर्यौँ । लामो प्रतिक्षा पछि आर्थिक समृद्धि, सामाजिक न्याय, स्थायित्व र सुशासन सहितको समाजवाद निर्माण गर्ने निकै महत्वकांक्षी चुनावी घोषणापत्रलाई अनुमोदन गर्दै वाम गठबन्धन जनताबाट स्पष्ट बहुमतसहित निर्वाचित भएको छ । सदन, सरकार तथा संघ र प्रदेशसम्म जताततै वामपन्थीहरूको बाहूल्यता छ । कुनै समयमा काँग्रेसको यस्तै हालीमुहाली थियो । आज परिस्थतिले कोल्टे फेरेको छ । यो चक्र दोहरिदैन भन्ने कुनै ग्यारेण्टी छैन । वामपन्थीको बलियो सरकारलाई बलियो प्रतिपक्षको रूपमा चुनौती गगन थापाले सदनमा दिइसकेकै छन् । यी सबै चुनौतिको सामना गर्दै आर्थिक समृद्धि र समाजिक न्यायसहितको समाजवादको आधार खडा गर्नु नै छ ।
हामी भन्दापनि जनता निकै स्वार्थी छन् । कुन मन्त्रीले कति समयमा के गर्ने प्रतिबद्धता र घोषणा ग¥यो भन्ने कुरालाई वास्तै गर्दैनन् स्पष्ट देखिने र अनुभूति हुनेगरि के परिणाम आयो भन्नेमा मात्रै आँखा लगाउँछन् । यी सबै विषयहरूमा मन्त्रीज्यूहरूलाई हेक्का छ नै ।
समाजवादी अर्थतन्त्रको पहिलो आधार संघीय सरकार, सबै प्रदेश र प्रत्येक नागरिक आत्मनिर्भर हुनैपर्दछ भन्ने मेरो जिकीर छ । त्यसका लागि नेता, कार्यकर्ता र जनता सबैले अनिवार्य श्रम (मानसिक, शारीरिक, तथा आर्थिक लगानी ) गर्नैपर्दछ । दलाल र कमिशनको पुँजीले समाजवाद सम्भव छैन भन्ने कुरा मैले भन्नु पर्दैन होला । नेपालको प्राकृतिक साधन श्रोत तथा मानवीय जनशक्तिको तथ्याङ्क र विवरण त मन्त्रालयको फाईलमा व्यवस्थित गरिएकै होला । मानव विकासका सुचाङ्क र नेपालको स्थितिबारे विस्तृत विवरणहरू मन्त्रालयको फाईलमा नभेटिए पनि आईएनजिओ र एनजिओले पेश गरेको फाइलमा अवश्य भेटिन्छ । यी सबै साधन–श्रोत र तथ्याङ्कको वस्तुगत विश्लेषण र आगामी कार्ययोजनाका लागि दक्ष तथा प्राविधीक जनशक्ति त सेटिङ्ग गरिसक्नु भएकै छ होला । हामी भन्दापनि जनता निकै स्वार्थी छन् । कुन मन्त्रीले कति समयमा के गर्ने प्रतिबद्धता र घोषणा ग¥यो भन्ने कुरालाई वास्तै गर्दैनन् स्पष्ट देखिने र अनुभूति हुनेगरि के परिणाम आयो भन्नेमा मात्रै आँखा लगाउँछन् । यी सबै विषयहरूमा मन्त्रीज्यूहरूलाई हेक्का छ नै ।
तपाईले एउटा काम गर्दा सयौं प्रचार गर्ने तपाईका शुभचिन्तक र समर्थक तथा मिडियाहरूको साथ त तपाईलाई छदै छ । त्यसको साथसाथै तपाईको एक कमजोरीमा टेकेर हजारौं नकारात्मक प्रचार गर्ने मिडिया र आलोचकहरूको पनि कमी छैन । तपाईलाई सफल पार्न निशर्त सहयोग गर्ने सहयोगी हातहरू त छदैछन् तर, तपाईलाई असफल पार्न भित्र र बाहिरबाट रातदिन षड्यन्त्र गर्नेहरूलाई पनि कम आक्नु हुदैन । विभिन्न भेष र स्वरूपमा तपाईहरूलाई असफल पार्ने प्रयत्न हुने नै छ । यो कुराको राम्रो हेक्का राख्नुहुनेछ ।
पाईहरूको सचिवालयको रेस्पोन्स तपाई जत्तिकै जिम्मेवार बनाउनै पर्दछ । कामको प्रचारलाई व्यवस्थित गर्नुहोस् । तर, काम गर्ने प्रतिवद्धता र घोषणाभन्दा गरिसकेको कामको प्रचारमा जोड दिनु उपयुक्त हुन्छ । तपाईहरूको सफलता र असफलता राष्ट्र, पार्टी, पार्टी नेतृत्व, जनता तथा हामी सबैको सफलता र असफलतासँग जोडिएको छ ।
यति धेरै चर्चा गर्नुको अर्थ तपाईहरूले उच्च सावधानीपूर्वक काम गर्दै परिपक्व परिचालन मार्फत पार्टीको योजना र कार्यदिशा सफल पार्नुको साथै जनताको सेवा गर्ने कार्यमा आफूलाई श्रेष्ठ सावित गर्नु हुनेछ भन्ने नै हो । त्यसको लागि तपाईको काम गर्ने टिमलाई प्रभावकारी बनाउनु जरूरी छ । कसैको दवावमा हैन कि तपाईलाई काम गर्न सजिलो सचिवालयको टिम निर्माण गर्नुपर्दछ । जसको सुझाव र सल्लाहको आवश्यकता र अर्थ ठान्नुहुन्छ उसको सुझाव र सहयोग लिनुहोस् तर अनावश्यक समय खर्च गर्नुहुदैन । तपाईहरूको सचिवालयको रेस्पोन्स तपाई जत्तिकै जिम्मेवार बनाउनै पर्दछ । कामको प्रचारलाई व्यवस्थित गर्नुहोस् । तर, काम गर्ने प्रतिवद्धता र घोषणाभन्दा गरिसकेको कामको प्रचारमा जोड दिनु उपयुक्त हुन्छ । तपाईहरूको सफलता र असफलता राष्ट्र, पार्टी, पार्टी नेतृत्व, जनता तथा हामी सबैको सफलता र असफलतासँग जोडिएको छ ।
लामो द्वन्द्धबाट प्रभावित यो मुलुकको तीव्र विकास र समृद्धिको खाँचो छ । सबै प्रकारका विभेद र उत्पीडनहरू समाप्त गरी आर्थिक समृद्धि र समाजिक न्याय सहितको समाजवाद निर्माण गर्नुछ । भ्रष्टाचार, कमिशन, कालोबजारी, राजस्व छलीजस्ता अपराधहरूको नियन्त्रण गर्दै सुशासन स्थापित गर्नुछ । स्थायित्वको लागि यो सरकार र तपाईहरूलाई सफल बनाउनुछ र यो सरकार कम्तिमा पाँच वर्ष टिकाउनुछ । जसका लागि निशर्त रचनात्मक सल्लाह सुझाव र खवरदारीका लागि यी मनुवाहरू पनि तपाईहरूकै साथमा छन् । तपाईहरूले गरेका प्रगति विवरणहरू सम्प्रेषण गर्दै गर्नुहोला हामी यस्तै खुल्लापत्र मार्फत जनतासम्म पु¥याउने र तपाईहरूलाई हौसला प्रदान गरिरहने प्रतिज्ञासहित अहिलेलाई ओझेल पर्छु ।
उही तपाईको शुभेच्छुक–तिलक राज भण्डारी















प्रतिक्रिया