
-वि.वि. श्रेष्ठ
निर्वाचन सकिएको करिव १ वर्षको अन्तरालमा पनि जनताले अपेक्षा गरेअनुसारको कार्ययोजना र त्यसको कार्यन्वयन हुन सकेन । हिजो चुनावी घोषणापत्रमा जनतासामू गरेको कार्ययोजना विगतका चुनावमा झैँ देखाउने दाँत मात्र सावित भएको छ । चुनाव जसरी पनि जित्नैपर्ने योजनाका साथ साम, दाम, दण्ड, भेदको अस्त्र प्रयोग गरेका जनप्रतिनिधिहरुको यथार्थ रुप विस्तारै सतहमा आउन थालेको छ । नानीदेखि लागेको बानी भनेझैँ जनप्रतिनिधीका रुपमा चुनिने वित्तिकै व्यक्तिको क्षमता, योग्यता र चेतना स्वतः विकास हुने होइन ।
बधाई तथा शुभकामना निश्चित समय सम्मका लागि पाच्य हुने गर्दछ, न कि लामो समय सम्म । माननीयहरुलाई बधाईको कार्यक्रम राख्दा हवाईजहाज चढेर होस वा विलासी गाडी चढेर कार्यक्रममा पुगेका देख्न सकिन्छ । जुन अबका जनतालाई पाच्य हुन सक्दैन भन्ने समेत समान्य हेक्का राख्न नसक्ने माननीयहरुबाट के नै अपेक्षा राख्न सकिन्छ र ? पदीय जिम्मेवारीताको हेक्का हुने चेतना नभएका जनप्रतिनिधि तथा माननीयहरु जतनाप्रति जिम्मेवार बन्ने कहिले ?
हिजोको व्यवहार स्वतः आजका दिनमा देखिने नै छ । लामो समयपछि भएको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधीसभाको निर्वाचनपछि देशमा जुन किसिमको परिवर्तनका आभाष जनताले गरेका थिए, सो मुताविक त्यसको केहि छनक पनि पाउन नसकेको जनता अन्ततः नयाँ शिशिमा पुरानै रक्सिको अनुभूति गरेका छन् । चुनाव जसरी पनि जित्नका लागि ठूला ठूला प्रतिवद्धता गरेका माननीयहरु आजै उनैको लागि काउसो बनेको छ । जुन चेतनायुक्त माननीयका लागि भुलको अनुभूति हुनेछ ।

निर्वाचनको परिणामपछि पनि लामो समयसम्म बधाई तथा शुभकामना थाप्नका लागि आतुर माननीयहरुको अहिलेको व्यस्तता पनि रिवन काट्ने, पानसमा बत्ति बाल्ने, प्रमुख तथा विशिष्ट अतिथि बनेर त्यहि खोक्रो भाषण गर्नमा नै दिनचर्या बितेको छ । वडाअध्यक्ष होस वा नगरप्रमुख, प्रदेश मन्त्री होस वा मुख्यमन्त्री, केन्द्रिय मन्त्री होस वा प्रधानमन्त्री सबैको यहि दैनिकीले नयाँ नेपालको सपना देखेका जनताहरु आहत बनेका छन् । उद्घाटन र खोक्रो भाषणले जनता दिक्क भईसकेको सन्दर्भमा अझै पनि त्यहि पुरा हुन नसक्ने भाषण दिनु भनेको माननीयहरुको कमजोर मानसिकताको परिणाम शिवाय केहि हुन सक्दैन ।
सधै शक्ति र सत्ता नै पदिय जिम्मेवारी हो भन्ने सोच राख्ने माननीयहरुको गतिविधिले देश र जनताको जीवनस्तर उकास्न सक्दैन । ठोस जिम्मेवारी, दायित्वबोध र निश्चित कार्ययोजनाले मात्र पदीय जिम्मेवारी पुरा हुन्छ भन्ने चेतनाको अभावमा हुर्किएका नयाँ माननीयहरुले जनताको भावना बुझ्न सक्ने देखिएन । क्षणिक स्वार्थ र आर्थिक उपार्जनलाई पदीय दायित्व सम्झेका माननीयहरुको कालो कर्तुत दिन प्रतिदिन उदाङ्गो हुँदै गईरहेको छ ।
जनताको चाहना र आवश्यकताको कार्यन्वयन गर्नतर्फ अग्रसर हुने कि उद्घाटन र भाषणमा मात्र सिमित रहने ? बधाई तथा शुभकामना निश्चित समय सम्मका लागि पाच्य हुने गर्दछ, न कि लामो समय सम्म । माननीयहरुलाई बधाईको कार्यक्रम राख्दा हवाईजहाज चढेर होस वा विलासी गाडी चढेर कार्यक्रममा पुगेका देख्न सकिन्छ । जुन अबका जनतालाई पाच्य हुन सक्दैन भन्ने समेत समान्य हेक्का राख्न नसक्ने माननीयहरुबाट के नै अपेक्षा राख्न सकिन्छ र ? पदीय जिम्मेवारीताको हेक्का हुने चेतना भएका जनप्रतिनिधि तथा माननीयहरु जतनाप्रति जिम्मेवार बन्ने कहिले ? विकास निर्माण र जनतालाई आर्थिक तथा चेतनामा सवल बनाउन भन्दा धन सम्पति जोड्नका लागि माहिर नवव्वासोहरुको गतिविधिहरुमा कुनै परिवर्तन देख्न सकिएन । सधै शक्ति र सत्ता नै पदीय जिम्मेवारी हो भन्ने सोच राख्ने माननीयहरुको गतिविधिले देश र जनताको जीवनस्तर उकास्न सक्दैन । ठोस जिम्मेवारी, दायित्ववोध र निश्चित कार्ययोजनाले मात्र पदीय जिम्मेवारी पुरा हुन्छ भन्ने चेतनाको अभावमा हुर्किएका नयाँ माननीयहरुले बुझ्न सक्ने देखिएन । क्षणिक स्वार्थ र आर्थिक उपार्जनलाई पदीय दायित्व सम्झेका माननीयहरुको कालो कर्तुत दिन प्रतिदिन उदाङ्गो हुँदै गईरहेको छ ।
जनतालाई सधै भोट बैँक मात्र सम्झने, जनता त केवल भेडा हुन्, जुन हामीले जे भन्दछौ, त्यसका पछि लाग्दछन् भन्ने निव्धता सोच राखेका माननीय मन्त्री होस वा अन्य माननीयहरु सधै भीडका पछाडी र लाभका लागि मात्र काम गरिरहेका छन् भन्ने कुरा बुझ्न गाह्रो छैन । विषयवस्तुनको यथार्थ विश्लेषण र त्यसले समाजमा पार्ने सकारात्मक तथा नकारात्मक प्रभावका बारेमा वस्तुनिष्ट चित्रण भन्दा पनि भीडले जे चाहन्छ त्यहि नै सत्य हो भन्ने धारणा राख्ने माननीयहरुको चेतनास्तर देखियो । जसले गर्दा देश विकास र जनता समृद्धितर्फ उम्कन अझै लामो समय लाग्ने देखिन्छ । समाज र देश परिवर्तनका लागि स्पष्ट दृष्टिकोण र कार्ययोजना र त्यसमा निरन्तरता चाहिन्छ । तर, हिजो पञ्चायतका पालामा पनि पञ्च बन्न खप्पिस होस वा राजाशासनको समयमा खाट्टी राजावादीहरु नै आज गणतन्त्रका मसिहा बनेका छन् । उनिहरुनै अहिले गणतन्त्रका एक्लो पहरेदार बनेर ठूलाठूला भाषण छाट्न अभ्यस्त बनेका छन् भने हामी दर्शकदीर्घामा बसेर ताली पिटेर त्यहि नव माननीयहरुको अन्धभक्त बनिरहेका छौँ । यहि जनताका सोचलाई नै भरपुर उपयोग गरेर माननीयहरुले जनतालाई भेडा बनाईरहेको यथार्थलाई मनन गर्ने कसले ?
चेतनाविहिन र जिम्मेवार बोध नगर्ने माननीयहरुको गुणगान गाउने हामी अरौटे भरौटेहरु साँच्चै भेडा रहेछौँ भन्ने अनुभूति बोध गर्नु अब हामी भेडा जनताहरुले ढिला गर्नुहुँदैन ।
ऊ भन्दा म ठूलो भन्ने सोचले ग्रसित माननियहरुको चेतना देख्दा जनता समेत दंग परेका छन् । कार्यक्रममा ऊ भन्दा म ठूलो भनेर पाखुरा बजाउनु भन्दा जनता के चाहन्छन र मेरा काम, कर्तव्य के हो भन्ने सोच राख्नुपर्दछ भन्ने जिम्मेवारीबोध गराउने कसले ? जनताका भीडमा लोकप्रिय बन्नका लागि के बोलेको छु भन्ने हेक्का समेत नराख्ने माननीयहरुले कसले नयाँ नेपालको निर्माण गर्ला ? टड्कारो प्रश्न चिन्ह खडा भएको छ । प्रतिवद्धताको चाङ पटक पटक रस्वादान गरिसकेको नेपाली जनताहरु प्रतिवद्धता र आश्वासन होइन काम चाहन्छन, विकास र रोजगारी चाहन्छन् । सुखी नेपाली, समृद्ध नेपाल देख्न चाहन्छन भन्ने कुराको यथार्थवोध माननीयहरुलाई कसले गराउने ? राम्रो होइन हाम्रो जिताउन हामी जनता–जनताबीच लडेका जनताले हाम्रो जनप्रतिनिधिले गरेका नराम्रो काममा औँला ठड्याउने हिम्मत राख्ला भन्न सकिन्न ।
साँच्चै माननीयहरुले आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गर्ने हो भन्ने नयाँ नेपाल र समृद्ध नेपाली निर्माण गर्न सकिन्छ भन्ने कुराको अनुभूति कसले दिलाईदिने ? हामी जनता माननीयको नजरमा पर्न गुणगान गाउन नै अभ्यस्त भईरहदाँ नेता खोक्रो भाषण र उद्घाटनले नै माननीयहरुको अबको बाँकी ४ वर्ष नगुज्रेला भन्न सकिन्न । दिनको संकेत विहानीले नै गर्दछ भने झैँ माननीयहरुको भूमिका हेर्दा भाषण र उद्घाटन भन्दा नयाँपन केहि देखिदैन । चेतनाविहिन र जिम्मेवार बोध नगर्ने माननीयहरुको गुणगान गाउने हामी अरौटे भरौटेहरु साँच्चै भेडा रहेछौँ भन्ने अनुभूति बोध गर्नु अब हामी भेडा जनताहरुले ढिला गर्नुहुँदैन ।















प्रतिक्रिया