१ कार्तिक २०८३, आइतबार

राजनीतिक अस्थिरताका कारण ऊर्जा विकास भएनः ऊर्जामन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Radha_Gyawaliचितवन, ५ पुस । ऊर्जामन्त्री राधा ज्ञवालीले ऊर्जाको विकासबिना देश समृद्ध हुन नसक्ने बताउनु भएको छ ।

शनिबार चितवनमा नेपाल विद्युतीय व्यवसायी महासङ्घको पाँचौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले ऊर्जाको विकास गरी देशलाई समृद्ध पार्न सरकार लागिपरेको प्रष्ट पार्नुभएको हो ।

उहाँले मन्त्रालयले ‘उज्यालो नेपाल, समृद्ध नेपाल’ भन्ने नारालाई आत्मसात् गर्दै अघि बढिरहेको बताउदै देशमा भएको राजनीतिक अस्थिरताका कारण देश विकासमा व्यवधान आएको तर्क गर्नुभयो ।

जाइकाले नेपालमा अध्ययन गरेको १० आयोजनामध्ये बुढीगण्डकी, दूधकोसी, सप्तगण्डकी परियोजनाका बारेमा मन्त्रालयले गम्भीर रूपमा छलफल अघि बढाएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री ज्ञवालीले भन्नुभयो, ‘अहिले नै पाँच हजार मेगावाट विद्युत् उत्पादन भए पनि नेपालमा खपत हुने अवस्था रहेछ, यसका लागि म गम्भीर छु ।’अहिले देशमा ८०० मेगावाटमात्रै विद्युत् खपत भइरहेको छ ।