७ कार्तिक २०८३, शनिबार

मन्त्री खड्काको सम्पत्ति १८ तोला सुन र खड्का भद्रकालीमा घर जग्गा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narayan Khadkaकाठमाडौँ, ५ पुस । सहरी विकास मन्त्री डा नारायण खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आव २०७०/७१ को सम्पत्ति विवरण पेस गर्नुभएको छ ।

मन्त्री खड्काको काठमाडौँको खड्का भद्रकालीमा घर जग्गा, गृह जिल्ला उदयपुरमा १५ कट्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

यसैगरी मन्त्री खड्कासँग करिब १८ तोला सुन, मन्त्री खड्काकी श्रीमतीको नाममा नविल बैंकमा रु दुई लाख ६० हजार १६८ रहेको र श्रीमतीकै नाममा सोही बैंकमा दुई हजार १९९ डलर रहेको छ ।

मन्त्री खड्काको नाममा एभरेष्ट बैंकमा रु एक लाख ४३ हजार रहेको र उहाँकै नाममा एउटा टोयोटा कार रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।