काठमाडौँ, ५ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी वार्ता र मोर्चा बनाएर आन्दोलनको तयारीमा लागेको आरोप लगाउनु भएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटार तीन दलको जारी बैठकबाट एमाओवादी बाहिरिएपछि उहाँले त्यस्तो आरोप लगाउनु भएको हो ।
एमाओवादी बैठकबाट काँग्रेस र एमालेले पेल्ने योजना बनाएको भन्दै बाहिरिएका थिए ।
ओलीले एमाओवादी नेताहरु बार्ताका लागि नभई बैठकमा निहुँ खोज्न मात्र आएको टिप्पणीसमेत गर्नुभयो । उहाँले माओवादी नेताहरुले धम्क्याउने, रिसाउने र थर्काउने गर्नुभएको छ ।
आफ्नो कुरा जति सबै अरुले सुन्नुपर्छ भन्ने अनि अरुको कुरा आफुले सुन्नै हुँदैन भन्ने उहाँहरुको चरित्रले सहमतिमा समस्या भएको छ ।
बैठकपछि एमाले वरिष्ठ नेता झलनाथ खनाल र काँग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि माओवादी नेताहरुको व्यवहारले आफूहरु आश्चर्यमा परेको प्रतिक्रिया दिनुभयो ।
‘पछिल्लो समय सामाजिक सञ्जालमा पनि निक्कै अभ्यस्त देखिनु भएका ओलीले ट्वीट गर्दै सहमतिको सम्भावना लगभग सकिएको प्रतिक्रिया दिनुभएको छ ।















प्रतिक्रिया