७ कार्तिक २०८३, शनिबार

हदैसम्मको चलकता अपनाउँदा पनि सहमति नभए सङ्घर्षमा जाने मोर्चाको निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parchandaकाठमाडौँ, ५ पुस । प्रमुख प्रतिपक्षी दल एमाओवादी नेतृत्वको सङ्घीय  लोकतान्त्रिक गठबन्धनले माघ ८ भित्रै संविधान ल्याउनका लागि सत्तारुढ दलसँग हदैसम्मको चलकता अपनाउने निर्णय गरेको छ ।

एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको गठबन्धनको बैठकले संविधानका विवादित विषयमा लचकताका साथ सहमति खोज्ने र त्यो नभए अन्य विकल्प रोज्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी नेपाल सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधानका विवादित विषयमा सत्तारुढ दलले पनि सकारात्मक छलफल अघि बढाएकाले सहमतिका लागि अन्तिम प्रयास गर्ने र नभए अन्य विकल्पमा जाने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेले पेस गरेको प्रस्तावबारे सहमति जुटाउन पहल गर्ने र त्यसमा सहमति नभए सङ्घर्षमा जानेबारे छलफल भएको उल्लेख गर्नु्भयो ।