२८ आश्विन २०८३, बुधबार

वैद्य तान्दै दाहाल–भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal Dahalकाठमाडौं । विराटनगर सम्मेलनबाट टाढिएका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराई पार्टीमा आफ्नो ‘पल्लाभारीु बनाउन नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यलाई आफूतिर तान्ने कसरतमा जुटेका छन्।

दुई वर्षअघि पार्टी तोडेर नेकपा–माओवादी गठन गरेका वैद्य संविधानसभा बाहिरका बलियो शक्ति मानिन्छन्। नेता वैद्यलाई आफ्नो पक्षमा पार्नसके पार्टीमा पकड जम्ने आँकलन गर्दै दुवै नेता उनलाई आफूतिर खिच्ने कसरतमा छन्।

दाहालले बिहीबारै वैद्यसँग पार्टी एकता प्रस्ताव गर्दै उनका लागि अध्यक्ष पदसमेत त्याग्न तयार रहेको जनाउ दिएका छन् भने भट्टराईले पनि वैद्यलाई भेटेर गोलमेच सभालगायत उनका मागमा छलफल सुरु गरेका छन्।

अर्कातिर भट्टराईलाई थप बिच्किन नदिन पनि दाहाल चनाखो छन्। बुधबारको वार्ता निरन्तरता दिँदै उनले बिहीबार भट्टराईसँग पटकपटक वार्ता गरेका छन्। पूरै नकारात्मक नरहे पनि दुवै नेताले दाहाललाई शुभसंकेत भने दिएका छैनन्।

वैद्य माओवादीनिकट अखिल क्रान्तिकारीद्वारा बिहीबार राजधानीमा आयोजित विचार–विमर्श कार्यक्रममा अतिथि बनेका दाहालले सार्वजनिक मञ्चबाटै पार्टी एकीकरण प्रस्ताव राखेका थिए। एकीकरणका लागि आफू वैद्यलाई नै नेतृत्व हस्तान्तरण गर्न तयार रहेको दाहालले बताएका थिए। वैद्यले भने ‘भावनामा बगेर एकता नहुनेु जवाफ फर्काए।

एकीकरण प्रस्ताव अस्वीकार गर्दै उनले दुई पार्टीबीच राजनीतिक, सैद्धान्तिक र रणनीतिक विषयमा अझै दुरी रहेकाले ‘तत्काललाई कार्यगत एकतामात्र हुन सक्नेु जवाफ दिए। पार्टी एकताका लागि आफ्नो दलले अघि सारेका ६ बुँदे आधारमा छलफल गरेर मात्र अघि बढ्न सकिने वैद्यको भनाइ थियो।

दाहालले कार्यक्रममा वैद्यको उच्च प्रशंसासमेत गरेका थिए। ‘२०४६ सालको ऐतिहासिक आन्दोलनअघि कमरेड किरण (वैद्य)ले मलाई पार्टीको महामन्त्री तपाईं हुनुपर्छ भनेर प्रस्तावित गर्नुभयो, म चाहिँ सबै विचारधारात्मक र राजनीतिक कार्यदिशाका आधारमा पार्टी पुनर्निर्माण होस् भन्ने चाहन्छु,’ वैद्यलाई अध्यक्ष स्विकार्ने जनाउ दिँदै दाहालले भने, ‘अब नेतृत्व अर्को कमरेड (वैद्य) लाई दिएर भए पनि यो पुनर्निर्माणको प्रक्रिया अगाडि बढाउन चाहन्छु।’ नागरिक दैनिकबाट