३० आश्विन २०८३, शुक्रबार

वाग्मती सफाइ महाअभियानमा सत्यार्थी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kaileshललितपुर, ५ पुस । नोबेल शान्ति पुरस्कार विजेता भारतका प्रसिद्ध बालअधिकारकर्मी कैलाश सत्यार्थी शनिबार वाग्मती सफाइ महाअभियानमा सहभागी हुनुभएको छ ।

महाअभियानको ८४ शृङ्खलाअन्तर्गत टेकु पुल अगाडिदेखि सानेपा पुलसम्मको क्षेत्रमा भएको सरसफाइ कार्यक्रममा सहभागी सत्यार्थीले वाग्मती आमाको बाहिरी मात्र होइन भित्रमनैदेखि सफाइ गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “तपाईँहरूले वाग्मतीको सेवा होइन, आफ्नै सेवा गर्नुभएको छ, पहिला फोहर फालेर पाप गर्नुभयो, अहिले सफा गरेर पुण्य कमाउँदै हुनुहुन्छ, म पनि बाहिरको पाहुना नभई यहाँकै हुँ ।”

मुख्यसचिव लीलामणि पौडेलले “म मेरो बासस्थान र कार्यालय वरिपरि र नदीनाला सफा राख्छु, वाग्मती नदीलाई सफा र स्वच्छ बनाउन निरन्तर लाग्नेछु” भनी  सुरु गरेको सफाइ कार्यक्रममा सत्यार्थीले हातले  फोहर उठाएर सहभागीलाई उत्साह प्रदान गर्नुभएको थियो ।

सफाइ अभियानमा काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय क्लब, महिला समूह, विभिन्न सामाजिक सङ्घसंस्था, विद्यालयका विद्यार्थी एवम् सर्वसाधारणको उल्लेख्य सङ्ख्यामा सहभागिता थियो ।