१ कार्तिक २०८३, आइतबार

पर्वत एमाले अध्यक्षमा गिरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

padam-gaiiपर्वत ५ मङ्सिर । नेकपा एमाले पर्वतको आठौँ जिल्ला अधिवेशनबाट पदम गिरी अध्यक्षमा निर्वाचित हुनुभएको छ । अध्यक्षका प्रत्यासी राजु पौडेललाई २७ मतले पछि पार्दै गिरी विजयी हुनुभएको हो । मतपरिणाम अनुसार गिरीले १ सय ४२ र पौडेलले १ सय १५ मत प्राप्त गर्नुभएको छ ।

नेतृत्व चयनका लागि शुक्रबार भएको निर्वाचनमा उपाध्यक्षमा भक्त कुँवर, सचिवमा पदमपाणि शर्मा र  उपसचिवमा गोविन्द पहाडी निर्वाचित हुनुभयो ।
खुल्लातर्फको सदस्यमा शिवप्रसाद पौडेल र बैकुण्ठप्रसाद भुसाल र पौडेल प्यानलबाट रामप्रसाद रिजाल, नरबहादुर क्षेत्री, तुङ्गनाथ शर्मा, गंगाधर शर्मा, उपेन्द्र थापा विजयी हुनुभयो । जनजातितर्फ प्रेम गुरुङ, डिलबहादुर राना, शेरबहादुर थापा, लेखकाजी गुरुङ, नगेन्द्र श्रेष्ठ निर्वाचित हुनुभयो ।

महिलातर्फ मञ्जु अधिकारी, सेती महत, तारा गुरुङ, सुरक्षा लामिछाने, सरिता भण्डारी, हरिमाया कुवँर, गोमताकुमारी शर्मा, बसन्ती गुरुङ, साबित्री तिवारी शर्मा, नन्दमाया पुन, संगिता सुवेदी र कौशिला भुसाल निर्वाचित हुनुभयो । महिला सदस्यमा सम्झना अधिकारी र भवकला काफ्लेको मत बराबरी भएकोले टुंगो लाग्न सकेको छैन।
दलित खुल्लामा बिष्णुराम विक बिजयी हुनुभयो । यस्तै, दलित समावेसीतर्फ बाबुराम बिक, रामबहादुर नेपाली, गुणबहादुर सुनार निर्वाचित हुनुभयो । गंगाकुमारी नेपाली र डम्बर विकको बराबरी मत भएकाले टुंगो लागेको छैन।  नवनिर्वाचित अध्यक्ष गिरीले आफूले पार्टीलाई एकताबद्ध ढङ्गले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।