२९ आश्विन २०८३, बिहिबार

हाड खिइने वा पातलो हुने समस्याबाट कसरी बच्ने ?

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मानिसमा हाड खिइने वा पातलो हुने समस्या हुन्छ । यस्तो समस्यालाई ओस्टोपोरोसिस भनिन्छ । यो समस्या पुरुषभन्दा महिलामा बढी देखिन्छ ।

महिनावारी सुकेका महिलालाई यस्तो समस्याले सताउँछ । विशेष रूपमा ५० वर्षको उमेर पार गरेका महिलामा यस्तो समस्या हुने गर्छ ।

ढाड, हिप भाँचिनेलगायत समस्या पनि निम्तन सक्छ । विश्वमा करिब २० प्रतिशत महिलाको ज्यान ओस्टियोपोरोसिस रोगका कारण हुने तथ्यांक छ ।

मानिसलाई अव्यवस्थित जीवनशैली र खानपानका कारण प्रायः रोग लाग्ने गर्छन् । ओस्टियोपोरोसिस समस्याको पनि जीवनशैली र खानपानसँग सीधा सम्बन्ध छ । ५० वर्ष उमेर पार गरेपछि देखिने यस्तो रोग पछिल्लो समयमा कम उमेरका महिलामा समेत देखिन थालेको छ । त्यसैले जीवनशैलीलाई व्यवस्थित बनाउन जरुरी हुन्छ ।

यसबाट बच्नका लागि नियमित व्यायामले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसका लागि खेलकुद, मर्निङवाकलगायत शारीरिक क्रियाकलाप गर्न सकिन्छ ।

शरीरमा क्याल्सियमको कमी हुँदा पनि हाड खिइने, पातलो हुनेजस्ता समस्या देखा पर्छन् । त्यसैले क्याल्सियमयुक्त खानामा जोड दिनु आवश्यक छ । सुन्तला, स्याउ, केरा, अंगुरजस्ता फलफूलको नियमित सेवन गर्नुपर्छ ।

दूध, माछालगायतको सन्तुलित रूपमा प्रयोग गर्दा पनि यसबाट केही हदसम्म बच्न सकिन्छ । मदिरा सेवन तथा धूमपान गर्नुहुँदैन । रातो मासुको पनि सकेसम्म प्रयोग गर्नुहुँदैन । यस्ता चिजको प्रयोगले हाड खिइने समस्या हुन सक्छ ।

हाड खिइएको ठाउँमा अत्यधिक दुखाइ हुन्छ । हिँडडुल गर्नका लागि समस्या सिर्जना हुन्छ । सीधा बस्न पनि नसक्ने समस्या देखा पर्छ ।