२८ आश्विन २०८३, बुधबार

कतारको श्रम कानुनले घरेलु कामदारलाई समेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Quatar lawदोहा (कतार) । हजारौं नेपाली कार्यरत रहेको घरेलु कामदारलाई नयाँ श्रम कानुनले सम्बोधन गर्ने गरी कतारले श्रम कानुनमा सुधार गरेको छ ।

श्रम बजारको सुधार गर्दै कतार सरकारले अब घरेलु कामदारलाई नयाँ श्रम कानुनले सम्बोधन गर्ने घोषणा गरेको हो । कतारले कफला (स्पोन्सरसीप) ब्यबस्था र श्रम कानुनमा परिवर्तन गरी श्रम बजारलाई परिष्कृत गरेको घोषणा बुधबार गरेको थियो ।

कतारमा घरेलु कामदार अन्र्तगत हाउसमेड, हाउसब्वाई, हाउसडाइभर, भरुभुमिमा उँट हेर्ने, दौडाउने, खेती किसानी गर्ने, बाख्रा र चराचुरङ्गी जस्ता काम गर्ने नेपालीहरु छन् । यी क्षेत्रमा काम गर्ने नेपाली कामदारले अझ अधिकार पाउनबाट बञ्चित हुदै आएका छन् ।

‘घरेलु कामदारलाई समेत समेट्ने गरी नयाँ श्रम कानुन ल्याएको छ’, पत्रकार सम्मेलनमा बोल्दै सिमा, राहदानी तथा आप्रबासी मामिला बिभागका उपमहानिर्देशक बिग्रेडियर मोहम्मद अहमिद अल अटिकले भने,’यो निर्माणीधन काममा संलग्न कामदारको लागि मात्रैको लागि होइन कि घरेलु कामदारको लागि समेत प्रयोग हुन्छ ।’

उनीहरुले बर्षोसम्म काम गर्दा बोनसजस्ता सुबिद्या लिनबाट बन्चित हुनु परेको छ । घरेलु कामदारलाई ब्यक्तिगत कामदारको रुपमा हेरिदै आएको थियो । घरेलु कामदारको मुद्दामामिला श्रम मन्त्रालयले हेर्ने गरेको थिएन । यो आन्तरीक मन्त्रालयको क्षेत्रभित्र पर्छ । ‘सुरा काउन्सीलबाट प्रमाणीत हुनसाथ नयाँ श्रम कानुन कार्यान्वयनमा आउनेछु, उनले भने,’त्यसको लागि केही समय लाग्नेछ ।

कतारको राष्ट्रिय मानबअधिकार समितिलेको बाषिर्क रिपोर्टले समेत घरेलु कामदारको अधिकार नहुदाँ सबैभन्दा बढी जोखिममा परेको परेको बिबिरण बुझाएको छ । ‘घरेलु कामदारमाथि दुब्यबहार हुनुको पछाडिको कारण अहिलेको ब्यबस्था होु, बाषिर्क रिपोर्टमा भनिएको छ, ‘कानुनी अधिकार नभएसम्म उनीहरुको अधिकार दिलाउन सकिन्दैन ।’

झन्डै एकमहिना अघि मात्रै एम्नेष्टी इन्टरनेशनले घरेलु महिला कामदार ९हाउसमेड०माथि हुने शारीरिक, मानशिक र जर्वजस्ती श्रम शोषण रोक्न असफल भएको भन्दै प्रतिबेदन सार्वजनिक गर्दै  कतार सरकारको आलोचना गरेको थियो ।

‘भेदभाबपुर्ण ब्यबस्थाले घरेलु कामदारहरु निकै पीडित हुनु परेको छ । यसले उनीहरुको न्युनतम सुरक्षाको अभाब हुनुको साथै जर्वजस्ती श्रम, मानब बेचबिखनको लागि  खुल्ला गरेको छु, एम्नेष्टीले भनेको थियो,’त्यस्ता महिला एकदमै फुत्किन नसक्नेगरी समस्यामा परेका हुन्छन् । दुब्र्यबहार गर्ने मालिकको घरलाई छोड्न सक्तैनन् ।’

एम्नेष्टीका अनुसार कतारमा झन्डै ८४ हजार घरेलु कामदार छन् । जसमा सबैभन्दा बढी दक्षिण एसियाका देशका महिलाहरु काम गर्न आएका छन् । त्यस्ता कामदारले हप्तामा एक सय घण्टा भन्दा बढी काम गर्नुपर्ने स्थिति रहेको प्रतिबेदनले जनाएको छ ।

नेपालले पनि कतारलाई घरेलु कामदारलाई श्रम कानुनमा समेट्न आग्रह गर्दै आइरहेको छ । नेपालले औपचारिक क्षेत्रमा काम गर्ने कामदारको कानुनी अधिकार दिलाउने गरी श्रम सम्झौता गरेपनि घरेलु कामदारको लागि केही गरेको छैन् । कान्तिपुर दैनिकबाट