२९ आश्विन २०८३, बिहिबार

ताइवानमा क्यामराले देखायो विश्व चकित पर्ने घटना !

17.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताइवान । ताइवानमा समुद्रमा दुई वर्षभन्दा पहिले हराएको क्यामरा अहिले भेटिएको छ । त्यो सम्बन्धित व्यक्तिसम्म पु-याउने तयारी छ ।

ताइवानको समुद्री किनारमा भेटिएको क्यामरा टाँसिएर बस्ने एक प्रकारको समुद्री जीव बार्नाकल्सले घेरिएको छ । देख्दा ढुंगा जस्तै छ क्यामरा । तर, वाटरप्रुफ भएकाले क्यामरा काम गर्ने अवस्थामै रहेको छ ।

स्कूले विद्यार्थीको समूहले क्यामरा फेला पारेको हो । त्यसपछि उनीहरूका शिक्षकले सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी सेयर गरेर क्यामराको मालिक पत्ता लगाउने प्रयास गरे । एक दिनकै प्रयासमा दुई वर्षअघि क्यामरा हराउने व्यक्ति फेला परेका छन् ।

‘मलाई विश्वास नै लागेको छैन’, क्यामराका मालिक सरिना सुबाकिहाराले भने, ‘म सुपर सरप्राइज भएँ जब मलाई साथीहरूले यसबारेमा बताए । उनीहरूले मलाई क्यामराको तस्बिरसहितको पोस्ट पठाए । पहिले त पत्यारै लागेन ।’

विश्वविद्यालयमा अध्ययनरत जापानिज विद्यार्थी बिदा मनाउन ताइवानको ओकिनावामो इशिगाकी आइल्याण्डमा गएका बेला समुद्रमा क्यामरा हराएको हो । दुई वर्षसम्म समुद्र र किनार गरेर बसेको क्यामरामा चार्ज रहिरहेको देख्दा आफू अचम्ममा परेको उनले बताइन् । – एजेन्सी