१ कार्तिक २०८३, शनिबार

सरकारसँग खोप छैन, अभाव भए पनि संक्रमण हुदैन रे !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Simhadarbarकाठमाडौं, ४ पुस । बालबालिकाका लागि अत्यावश्यक मानिएको बीसीजी र दादुरारुबेलाविरुद्धको एमआर खोप मुलुकभर अभाव भएपछि संक्रमण फैलिने त्रास भइरहेका बेला सरकारी अधिकारीले भने अझै केही समय खोप अभाव हुँदैमा महामारी नफैलिने दाबी गरेका छन्।

समयमै खरिद प्रक्रिया अगाडि बढाउन नसक्दा खोप अभाव भइरहेको समयमा उनीहरूले संक्रमण नै फैलिने स्थितिचाहिँ नआएको दाबी गरेका हुन्।

खोप भित्र्याउने प्रयास निरन्तर भइरहेको छु, बालस्वास्थ्य महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने, केही समय अभाव हुँदैमा महामारी नै फैलिहाल्ने भन्ने पनि होइन।

आज जन्मिएको शिशुले १५ दिनभित्र अर्को खोप लगाउन स्वास्थ्य संस्था आउँदा बीसीजी लगाउन मिल्छ।

शिशु जन्मिनेबित्तिकै लगाइने क्षयरोगविरुद्धको बीसीजी र नौ महिनादेखि एक वर्षभित्र लगाइसक्नुपर्ने दादुरा९रुबेलाविरुद्धको खोप सबैभन्दा महत्त्वपूर्ण मानिन्छ।

बीसीजी खोप नपाएका कारण क्षयरोग संक्रमण बढ्ने जोखिम रहेको भन्दै जिल्लाका चिकित्सक र स्वास्थ्यकर्मीले सरकारको ध्यानाकर्षण गराइरहेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।