१ कार्तिक २०८३, शनिबार

नेपालका दक्ष पाइलट धमाधम विदेशिदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Buddha Airकाठमाडौं, ४ पुस । नेपालमा दक्षता हासिल गरेर बिदेसिने नेपाली पाइलटको संख्या बढ्न थालेको छ।

विदेशमा दुई सय घन्टाको कमर्सियल पाइलट लाइसेन्स सीपीएल लिएर नेपालको हवाई उड्डयन क्षेत्रमा प्रवेश गरेका पाइलट कोपाइलट हुँदै क्याप्टेन बनेर बिदेसिने क्रम बढेको छ।

यसरी बिदेसिनेमा बुद्ध एअर र नेपाल वायुसेवा निगमका पाइलट बढी छन्।

निगममा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने करिब ७५ प्रतिशत क्याप्टेन दक्षता हासिल गर्दै बिदेसिने गरेका छन्।

पछिल्लो सयम एटीआर जहाज उडाउने बुद्ध एअरका क्याप्टेन पनि बिदेसिएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

बुद्ध एअरका एक प्रशिक्षक क्याप्टेनका अनुसार भर्खरै विवेक ताम्राकार इन्डोनेसिया गएका छन।

अन्य तीन जनाले पनि इन्डोनेसिया जाने तयारी गरिरहेका छन्।

डेढ वर्षअगाडि क्याप्टेन प्रकाशबहादुर श्रेष्ठ र ६ महिनापहिला अञ्जन ताम्राकार पनि न्युजिल्यान्ड गएका थिए।

बुद्ध एअरमा दक्षता हासिल गरेका क्याप्टेनले विदेशमा अवसर पाएर जानुलाई सकारात्मक रूपमा नै लिनुपर्ने बुद्धका एक वरिष्ठ पाइलटको भनाइ छ।

उनका अनुसार नेपाली पाइलटले पाउने यस्तो अवसरले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छविलाई निकै सकारात्मक रूपमा लिइन्छ।

बुद्धको एटीआर जहाज उडाउने क्याप्टेनले विदेशमा अवसर पाउने गरेका छन्। हाल बुद्धमा २२ जना पाइलट छन्। यीमध्ये एक्जामिनर चार जना छन्।

यी चार जना भने कसैको पनि बिदेसिने तयारी नभएको बुद्धका एक पाइलटले बताए। उनका अनुसार क्याप्टेन भने रोलक्रमअनुसार नयाँ आउने भएकाले कुनै समस्या नभएको बुद्ध एअरले बताएको छ।

पाइलट बाहिरिनुले नयाँले अवसर पाउने, कोपाइलटलाई क्याप्टेन बन्ने अवसर आउने र बजारमा रहेको बेरोजगार पाइलटले पनि मौका पाउनसक्ने बुद्ध एअरका मानव संसाधन विभागका प्रबन्धक खगेन्द्र बस्नेत बताउँछन्।

नेपालमा मासिक चारपाँच लाख रुपैयाँ पाउने प्रशिक्षक क्याप्टेनले विदेशमा कम्तीमा १५(१६ हजार डलरसम्म पाउँछन्।