१ कार्तिक २०८३, आइतबार

५ महिनासम्म तलब नदिएको भन्दै अनमिहरु आन्दोलित, वर्थिङ सेन्टर प्राभवित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजेन्द्र ठगुन्ना
डडेल्धुरा, ३ गते । डडेल्धुरा जिल्ला १८ वटा स्वास्थ्य तथा उपस्वास्थ्य चौकिका अनमिहरु आन्दोलनमा उत्रेका छन् । जिल्लाका १८ वाट वर्थिङ सेन्टरका अनमिहरुले ५ महिनाको तलव नपाएपछि उनिहरु आन्दोलनका लागि सदरमुकाम पुगेका हुन । स्वस्थ्य संस्थामा विगत ४/५ वर्ष देखि करारमा कार्यरत अनमिहरुले यसवर्ष साउन  देखि ५ महिनाको तलव नपाएको भन्दै वर्थिङ सेन्टर वन्द गररे सदरमुकाममा आन्दोलनकालागि पुगेको एक अनमि भागरथी वोहरा भट्टले बताउनुभयो ।

जिल्ला स्वस्थ्य कार्यालय डडेल्धुराले काम गर्दै गराई आफुहरुलाई तलव नै नदिएकोले आफुहरुले बिहीबार जनस्वास्थ्य कार्यालयका प्रमुखलाई कार्यालयमा प्रवेश गर्न नदिने र  प्रमुखको कार्यकक्ष अगाडि धर्ना दिने समेत लक्ष्मी सिनालले बताउनुभयो ।

जिल्लालाई नमुना जिल्लाका रुपमा स्थापना गर्न जिल्लाका १८ स्थानमा वर्थिङ सेन्टर संचालन गरिएको छ । वर्थिङ सेन्टर संचालन गर्न करारमा अनमि नियूक्ति गरि स्वस्थ्य संस्था संचालनमा ल्याएको भए पनि आफुहरुलाई यस वर्ष साउनदेखिको तलव नदिएकाले आन्दोलनमा उत्रन वाध्य भएको सिनालल बताउनुभयो ।