१ कार्तिक २०८३, आइतबार

महोत्तरीमा चौपाया तस्करी बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौशाला, ३ पुस ।  जिल्लाको भारतसँग खुल्ला रहेको सीमा क्षेत्रबाट अहिले चौपायाको तस्करी बढेको छ ।

सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीयका अनुसार नेपाल–भारतका सुरक्षाकर्मीको सक्रियतामा केही समयदेखि निरुत्साहित भएको चौपाया तस्करी पुनः मौलाउँदै गएको छ ।

चौपाया तस्करीका लागि महोत्तरीका पश्चिमी र दक्षिणी सीमा नाका सम्सी, खैरबन्नी, रघुनाथपुर, कटैया, इटहर्वाकट्टि, बथनाहा, एकडारा, मनरा, नैन्ही, सुगा, भवानीपट्टि चर्चित रहँदै आएको छ ।

जिल्लाका भारतीय सीमा नाकाको सुरक्षामा खटिएका सशस्त्र तथा नेपाल प्रहरीेले चौपाया तस्करी नियन्त्रण प्राथमिकतामा रहेको र चौपाया तस्करी नहुने गरेको दाबी गर्दै आएपनि तस्करी रोकिएको छैन ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले खुला सीमाका कारण नेपालबाट भारत र भारतबाट नेपाल चौपाया तस्करी पूर्ण नियन्त्रण भने हुन नसकेको जनाएको छ ।

भारतीय सीमा सुरक्षाकर्मीले  एक हप्ताअघिमात्रै  नेपालबाट भारत लगिएको १०० गाई, १३ गोरु र १७ राँगा  सीमाक्षेत्रमै समातेको थियो ।

अहिले महोत्तरीको सम्पूर्ण भारतीय सीमा नाका भएर दैनिक दुईदेखि तीनसयसम्म चौपाया तस्करी हुने गरेको स्थानीयवासीको भनाइ छ । रासस