असम । भारतको असममा एक बालिकाको सामूहिक बलात्कारपछि हत्या गरिएको छ । असमको नगांव जिल्लामा शुक्रबार पाँच कक्षा पढ्ने १२ वर्षीया एक बालिकामाथि तीनजना व्यक्तिले सामूहिक बलात्कार गरेका थिए ।
बलात्कारपछि उनीहरूले बालिकालाई मट्टितेल छर्किएर आगो लगाई हत्या गरेको बीबीसीले जनाएको छ । ९० प्रतिशत शरीर जलेकी बालिकाको त्यसैदिन राति मृत्यु भएको हो ।
मृत्युअघि बालिकाले प्रहरी समक्ष आफ्नो बयान दिएकी थिइन् । बालिकाको बयानका आधारमा दुई व्यक्तिलाई पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनाले बलात्कारमा आफ्नो संलग्नता स्वीकारेको र अब मुख्य अभियुक्त जाकिर हुसैनको खोजी भइरहेको प्रहरीले दाबी गरेको छ ।
बलात्कारमा संलग्नहरू बालिकाको छिमेकी रहेको र स्कुलबाट फर्किरहेकी बालिकाको पिछा गर्दै घरभित्र घुसेर उनीहरूले सामूहिक बलात्कार गरेको बिबिसीमा उल्लेख छ । – एजेन्सी













प्रतिक्रिया