३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणले जन्माएको आशंकाहरू

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वि.वि. श्रेष्ठ

सुशील कोइराला प्रधानमन्त्री भएको वेला भारतले लगाएको अघोषित नाकावन्दीको समयमा विपक्षी दलका नेता केपी ओलीको खरो अडानका कारण ओली राष्ट्रवादीको रुपमा नेपाली जनता र विदेशको नजरमा समेत चिनिन पुग्यो । सुशील कोइरालाको पालादेखि शुरु भएको नाकावन्दी केही समयपछि केपी ओली प्रधानमन्त्री भए । प्रधानमन्त्री भएर पनि कुनै पनि शक्तिकेन्द्रको डर धाक नमानी देशलाई नै केन्द्रविन्दु राखेर भारतका विरुद्ध लडेका प्रधानमन्त्री त्यति वेला भारतका विरुद्धमा लड्ने नेताको रुपमा प्रष्ट छवि बनाएका थिए ।

त्यही राष्ट्रवादी अडानका कारण केपी ओलीले नेतृत्व गरेको पार्टी एमालेले स्थानीय तह, प्रदेश तह र केन्द्रीय तहमा समेत स्पष्ट बहुमत हासिल गरेको छ । ओलीको नेतृत्वमा वाम गठवन्धनको वहुमतवाट सरकार वनेको छ । धेरै लामो समयपछि देशले वलियो सरकार पाएको छ । वर्षौ देखिको समृद्ध नेपाल निर्माणका सपना देखाएका ओली देशको प्रधानमन्त्री वनेपछि देश विकास र समृद्ध हुने अपेक्षा गरिएको छ ।

सरकार निर्माण भएको लामो समय नभएता पनि देश पहिलो पटक संघीय ढाँचामा गईसकेपछि त्यसका प्राविधिक लगायत कानून निर्माणका कामले देश अन्योलमा रहेको छ । यस्तो वेलामा देशमा विकास को गति सुस्त हुन स्वाभाविक हो । भारत भ्रमण हुने समाचारले सिङ्गो देश नै गर्माएको छ । समाजिक संजालमा मात्र होइन जनस्तरमा पनि प्रधानमन्त्रीको चर्को आलोचना र समर्थन शुरु भएको छ । देशमा विभिन्न कानून निर्माण गर्न होस वा व्यवस्थित गर्नुपर्ने वेलामा भारतको भ्रमण के का लागि ? प्रधानमन्त्री पद टिकाउनका लागि हो भने दुईतिहाई वहुमत रहेको वलियो सरकर आखिर भारत भ्रमण के का लागि ? सरकार टिकाउन का लागि भारतको गुलामी गर्ने सरकारको भारत भ्रमण हो भन्ने प्रश्न उब्जिएको छ ।

छिमेकी राष्ट्रहरूसँग समान र मित्रवत सम्वन्धले नै देशको आर्थिक तथा भौतिक विकास हुने गर्दछ । यसमा कुनै शंका छैन । तर पनि पहिलो भारत भ्रमण नै किन ? पहिलो भ्रमण चिन अथवा अन्य राष्ट्रहरु किन परेनन ? देशको नेतृत्वकर्ताले छिमेकीसँग कुटनितिक सम्वन्ध राख्नु र देश विकासमा काम गर्नु देशको आवश्यकता भएता पनि औचित्य हिन र आवश्यकताहिन भ्रमणले जनतामा संशय छर्ने कुरामा कुनै शंका छैन । भारतको नाकावन्दीको समयमा भारतको चर्को नाकावन्दी गरेर देशको शिर उँचो वनाएका ओली के का लागि भारतपरस्त बन्दै गईरहेका छन् ? आम जनताको जल्दोवल्दो प्रश्न बनिरहेको छ ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणले आम जनतामा संशय उत्पन्न भएको सन्दर्भमा भारत भ्रमणको एजेण्डा जनतामाझ सार्वजनिक गर्नुपर्दछ ।

पारस्परिक र आपसी भाईचाराको सम्वन्धले देश अगाडि वढ्ने कुरामा शंका नभएता पनि विगतमा भारत भ्रमण गएर पनि देशको हित विपरित गएर कुनै पनि सन्धि सम्झौतामा हस्ताक्षर नगरेका ओली अब हुने भारत भ्रमणले नेपाल र नेपाली जनताका हित र अहितमा प्रत्यक्ष असर गर्दछ र ओलीको वास्तविकता पनि छर्लङ्क हुनेछ । विगतमा भारतपरस्त नेताका रुपमा प्रसिद्धि कमाएका र नाकावन्दीको समयको भारतको कट्टर विरोधी वनेको ओलीको अवको भारत भ्रमणले थप प्रष्ट पार्ने कुरामा कुनै शंका छैन ।

सरकार प्रमुखको राजकीय भ्रमण र त्यहाँ हुने कुटनैतिक व्यवहार तथा सम्वन्ध र सम्झौताले देशमा सकारात्मक तथा नकारात्मक ठूलो प्रभाव राख्दछ । देशलाई सर्वोपरि राखेर गरिने सन्धि र सम्झौताले जनतामा अझ मजवुत वन्ने र व्यक्ति तथा सत्तालाई केन्द्रमा राखेर गरिने निर्णयले जनतामाझ वढारिने कुनै दुविधा छैन । जनताको प्रत्यक्ष सरोकार राख्ने यस्तो विषयले सरकारमाथी जनताका विश्वास घट्ने र सरकार नै कमजोर हुने हुदाँ यस विषयमा सरकार संवेदनशील वन्ने पर्दछ ।

विगतमा भारतसँग गरिएको असमान सन्धि सम्झौताका पुनरावलोकन, सीमा विवाद, भारतीय हस्तक्षेप, स्वतन्त्रता भारतवाट लगाईने करका विषयमा सरकारको एजेण्डा बन्नुपर्दछ । राष्ट्रिय महत्व वोकेको दुरगामी निर्णय गर्नुपर्दा ससदमा छलफल हुनुपर्दछ । विगतमा पटक पटक सत्ता टिकाउनका लागि गरिएका असमान सन्धि सम्झौताले नेपालमा झन्–झन् भारतको हस्तक्षेप यथार्थतालाई भुल्नु हुँदैन ।

नेपाललाई आत्मनिर्भर वनाउन, आर्थिक विकासका लागि छिमेकी देशका सहयोग अत्यावश्यक भएता पनि त्यस्तो विषय नेपाललाई बोझ हुनु हुँदैन । प्रधानमन्त्री ओलीको भारत भ्रमणले आम जनतामा संशय उत्पन्न भएको सन्दर्भमा भारत भ्रमणको एजेण्डा जनतामाझ सार्वजनिक गर्नुपर्दछ । अनि मात्र जनतामा त्रास होइन आशा उत्पन्न हुन्छ । विगतका सरकारले झै सत्ता र शक्तिका लागि जे जस्तो असमान सन्धि सम्झौतामा पनि हस्ताक्षार गरेर देशलाई वन्धक वनाउने यो सरकारलाई कदापि छुट छैन ।